२०८२ कार्तिक ३०, आईतबार

हुप्सेकोट गाउँपालिकामा खेलकुद मन्त्री मनाङे संग अन्तरक्रिया

  • निष्कर्ष
  • २०७९ आश्विन १, शनिबार
हुप्सेकोट गाउँपालिकामा खेलकुद मन्त्री मनाङे संग अन्तरक्रिया

हुप्सेकोट गाउँपालिकामा खेलकुदको प्रवर्द्वन गर्न प्रदेश मन्त्रालय वाट सक्दो सहयोग गर्ने गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले प्रतिवद्धता व्यक्त गर्नु भएको छ । हुप्सेकोट गाउँपालिकामा भएको अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रदेश मन्त्री गुरुङले हुप्सेकोटका सवै विद्यालयमा खेल शिक्षकको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनु भएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा समावेश गरेको विद्यालयमा खेल शिक्षक कार्यक्रममा हुप्सेकोट गाउँपालिकालाई प्राथमिकताका साथ समावेश गरिने मन्त्री गुरुङले वताउनु भयो । त्यसैगरी दुव्र्यशनमा फसेका युवाहरुलाई सहि बाटोमा ल्याउनका लागि विभिन्न कार्यक्रम मार्फत सहयोग गर्ने मन्त्री गुरुङले वताउनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा वोल्दै हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले एक स्थानिय तह एक खेल मैदान कार्र्यक्रम अन्तर्गत हुप्सेकोट १ मा खेलमैदान निर्माणको प्रस्ताव गर्नु भएको थियो । गाउँपालिकाको भौगोलिक अवस्था समथर भुभाग र विकट पहाडी क्षेत्र दुवै रहेकाले सोही अनुसार खेलकुदको विकाश गर्नु पर्ने आवश्यकता रहेको गाउँपालिका अध्यक्ष पाण्डेले जानकारी गराउनु भयो । कार्यक्रममा हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पुर्ण सिं राना, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बस्याल लगाएतकाले वोल्नु भएको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस