२०८१ चैत्र ९, शनिबार

भूकम्प प्रभावित क्षेत्रका लागि विनयी त्रिवेणी गाउँपालिकाले दुई लाख सहयोग गर्ने

  • बिष्णु गौडेल
  • २०८० कार्तिक १९, आईतबार
भूकम्प प्रभावित क्षेत्रका लागि विनयी त्रिवेणी गाउँपालिकाले दुई लाख सहयोग गर्ने

वियनी त्रिवेणी, १९ कात्तिक, 

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रवार राति गएको भूकम्पमा परि प्रभावित भएकाहरूको लागि नवलपरासी(बर्दघाट सुस्तापूर्व)को वियनी त्रिवेणी गाउँपालिकाले दुई लाख सहयोग गर्ने भएको छ । विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाको तर्फबाट पहिलो चरणमा भूकम्पका पीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि तत्काल दुई लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।

‘जाजरकोट केन्द्रबिन्दु भएर शुक्रवार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले अत्यन्त दुखित बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति गाउँपालिकाको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दछौ ।’

विज्ञप्तिमा भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, शोकाकुल परिवारजनमा समवेदना र घाइतेको शीघ्रस्वास्थ्य लाभको कामना व्यक्त गरिएको छ ।

भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, भूकम्पमा परी बेपत्ताको खोज तथा उद्धार, घाइतेको उपचार तथा राहतमा सक्रियताका साथ लाग्न पनि सम्बन्धीत सबैमा विज्ञप्ति मार्फत अपिल गरिएको छ ।

 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस