२०८२ जेष्ठ ६, मंगलबार

अवरुद्ध भएको दाउन्ने क्षेत्रको यातायात एक तर्फी सुचारु

  • बिष्णु गौडेल
  • २०८२ बैशाख ९, मंगलबार
अवरुद्ध भएको दाउन्ने क्षेत्रको यातायात एक तर्फी सुचारु

मध्यविन्दु (नवलपरासी), ९ वैशाख, सुख्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक खण्ड एक तर्फी सुचारु भएको छ । नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने क्षेत्रमा आज दिउँसो सुख्खा पहिरो खसेका कारण अवरुद्ध भएको सडक खण्ड साँझ देखि एकतर्फी सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले पहाड तर्फको भित्ता काटेर एक तर्फी यातायात सञ्चालन गरिएको हो । डाइभर्सन रहेको स्थानमा पहिरो झरे पछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । भित्तो काटेर बाटो बनाउन समय लागेकाले साँझ देखि मात्र आलो पालो यातायात सञ्चालन गर्न सकिएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनु भयो ।
आज दिउँसो देखि अवरुद्ध भएको राजमार्गमा सयौँ सवारी साधन र यात्रुहरू बिच बाटोमा अलपत्र परेका थिए । केही दिन अघि वर्षाका कारण दाउन्ने खण्डको बाटो हिलो र चिप्लो हुँदा अवरुद्ध भएको यातायात तीन दिन विना अवरोध सञ्चालनमा रहेको थियो । तर आज अचानक सुख्खा पहिरो खसे पछि फेरी यात्रुहरूले सास्ती बेहोर्नु परेको छ ।
अहिले दाउन्ने खण्डमा सडक विस्तारको लागि राति ११ बजे देखि बिहान ५ बजे सम्म सडक आवागमन रोकेर काम गर्ने गरिएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस