२०८२ जेष्ठ ५, सोमबार

बुलिङटारमा हावाहुरीले पोल ढाल्दा विद्युत् आपूर्ति बन्द

  • बिष्णु गौडेल
  • २०८२ जेष्ठ ५, सोमबार
बुलिङटारमा हावाहुरीले पोल ढाल्दा विद्युत् आपूर्ति बन्द

नारायण शर्मा,— हावाहुरीले बिजुलीका पोल ढाल्दा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को बुलिङटार गाउँपालिकाका ३ वटा वडाका १२ घर अन्धकारमा रहेका छन् । गाउँपालिका अध्यक्ष दीपेन्द्र सुनारीले टेलिफोनमा दिएको जानकारीअनुसार गत वैशाख ३१ र जेठ १ गतको हावाहुरीले त्यहाँको १ ,२ र ३ नम्बर वडाका १२ सय घरधुरी बिजुलीविहीनको अवस्थामा पुगेका हुन् ।

विद्युत् आपूर्ति बन्द हुँदा इन्टरनेटसमेत बन्द छ । ढलेका पोल ठड्याउन सोमबारदेखि मात्र काम सुरु भएको छ ।

वडा नम्बर २ का अध्यक्ष कमल वकावलका अनुसार पोल ढलेको स्थानवाट करिब ४१ किलोमिटर टाढा रहेको विद्युत् प्राधिकरण कार्यालय कावासोतीका कर्मचारी आएर इस्टिमेट गर्ने र काम गराउन पर्ने भएकाले मर्मतमा ढिला भएको हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस