२०८२ अषाढ ७, शनिबार

नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहद्वारा नेतृत्व विकास तथा उद्घोषण कला तालिम सम्पन्न

  • बिष्णु गौडेल
  • २०८२ जेष्ठ ९, शुक्रबार
नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहद्वारा नेतृत्व विकास तथा उद्घोषण कला तालिम सम्पन्न

नवलपरासी (बर्दघाट सुस्तापूर्व), मध्यविन्दु नगरपालिका–१५ स्थित नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा वन समूहका सदस्यहरूका लागि नेतृत्व विकास तथा उद्घोषण कला तालिम सम्पन्न गरिएको छ।

तीन दिने उक्त तालिममा सहभागीहरूले नेतृत्वदायी क्षमताको विकास, सार्वजनिक रुपमा प्रभावकारी अभिव्यक्ति, आत्मविश्वास अभिवृद्धि, डर र हिचकिचाहट हटाउने अभ्यास, उद्घोषण कलाका आधारभूत पक्षहरू लगायतका विषयमा प्रशिक्षण गरिएको थियो ।

कार्यक्रममा समूहका अध्यक्ष धर्मनाथ महतो, सचिव नानु मयाा चौधरी लगायत सहभागी सदस्यहरूले तालिमको महत्वबारे धारणा व्यक्त गर्दै तालिमले सामुदायिक नेतृत्व र सार्वजनिक बोल्ने क्षमतामा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे।

तालिमको सहजिकरण प्रशिक्षक विष्णु गौडेलले गर्नु भएको थियो। उहाँले सहभागीहरूलाई व्यावहारिक अभ्यासका माध्यमबाट उद्घोषणका विविध शैलीहरू, भाषिक प्रस्तुति, आत्मविश्वास निर्माणका तरिका तथा नेतृत्व विकासका रणनीतिहरूमा प्रशिक्षित गर्नुभएको थियो।

समाप्ति सत्रमा सहभागीहरूले तालिम अत्यन्त उपयोगी, प्रेरणादायी र व्यवहारमै उपयोग गर्न सकिने खालको रहेको प्रतिक्रिया दिएका थिए।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस