हुप्सेकोट,जेठ १४,
१८ औँ गणतन्त्र दिवसको पूर्व सन्ध्यामा नवलपरासी(बर्दघाट सुस्ता पूर्व) स्थित हुप्सेकोट गाउँपालिकाको कार्यालय परिसरमा दीप प्रज्वलन गरिएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, उपाध्यक्ष पूर्ण सिङ राना, प्रमुख प्रशासकीय अधिकृत हरि पराजुली लगायत गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको उपस्थिति रहेको थियो।
दीप प्रज्वलन गर्दै अध्यक्ष लक्ष्मीदेवी पाण्डेले गणतन्त्रले देशमा ल्याएको राजनीतिक स्थायित्व, अधिकार प्रत्याभूति र स्थानीय तहमा सशक्तिकरणको चर्चा गर्दै लोकतान्त्रिक मूल्य र मर्यादाको संरक्षणमा सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।
उपाध्यक्ष पूर्ण सिङ् रानाले गणतन्त्र दिवस केवल उत्सव नभई जनताको अधिकार र सहभागिताको प्रतिविम्ब भएको उल्लेख गर्दै स्थानीय सरकारको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा दीप प्रज्वलनमार्फत लोकतान्त्रिक आन्दोलनमा बलिदान दिने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।