२०८२ अषाढ २३, सोमबार

चोरमारा र दुम्कीवासको डाइभर्सजन बाढीले बगाउँदा नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध

  • निष्कर्ष
  • २०८२ जेष्ठ १६, शुक्रबार
चोरमारा र दुम्कीवासको डाइभर्सजन बाढीले बगाउँदा नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध

मध्यविन्दु (नवलपरासी), १६ जेठ,
नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चोरमारा र दुम्कीवासमा निर्माण गरिएका वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनु भयो ।
चोरमारा र दुम्कीवासमा पुल भाँचिए पछि बनाइएको डाइभर्सन बिहीबार रातिको वर्षाले बगाइदिए पछि अहिले वैकल्पिक सडक निर्माणको काम सुरु गरिएको छ ।
अहिले चोरमारा र दुम्कीवास क्षेत्रमा सयौँ सवारी र यात्रु बिच बाटोमा अलपत्र परेका छन् । नवलपरासी(बर्दघाट सुस्तापूर्व) अन्तरगत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएको थियो । पुल भाँचिए पछि खोला वाट डाइभर्सन बनाएर सवारी सञ्चालन गर्दै आइएको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस