२०८२ अषाढ २३, सोमबार

चनौलीमा प्लस टु पछिको शिक्षा सम्बन्धी जानकारीमूलक कार्यक्रम सम्पन्न

  • निष्कर्ष
  • २०८२ जेष्ठ १७, शनिबार
चनौलीमा प्लस टु पछिको शिक्षा सम्बन्धी जानकारीमूलक कार्यक्रम सम्पन्न

चितवन, १७ जेठ,

बेस्ट डेस्टिनेशन शैक्षिक संस्था चनौलीको आयोजनामा शनिबार चनौली पार्टी प्यालेसमा प्लस टु पछिको शिक्षाबारे जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपालको शिक्षा प्रणाली अव्यवस्थित बन्दै गएको बताउनुभयो।

“कुनै पनि देशको विकास अवरुद्ध गर्न चाहे, त्यस देशको शिक्षालाई लथालिङ्ग पार्नुपर्छ,” खनालले भन्नुभयो। उहाँले सरकार विद्यार्थीको भविष्यप्रति गैरजिम्मेवार हुँदै गएको आरोप लगाउँदै वर्तमान अवस्थामा युवाहरूको विदेश गमन बाध्यता बन्न पुगेको उल्लेख गर्नुभयो।

“नेपालका हजारौं शिक्षित युवाहरू आफ्ना शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर बस्न बाध्य छन्, जुन अत्यन्तै दुःखद अवस्था हो,” उहाँको भनाइ थियो। कार्यक्रम संस्थाका कार्यकारी निर्देशक सञ्जय कुँवरको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा चनौली व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ ढकाल विशिष्ट अतिथि रहनुभएको थियो। त्यसैगरी, हिमालयन लाइफ इन्स्योरेन्स चनौली शाखाका प्रबन्धक प्रभात ढकाल, जापानी भाषा विभागका शिक्षक कर्ण कुँवर, प्रेम क्षेत्री र कार्यक्रम संयोजक साजन कोइरालालगायतले आ–आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा प्लस टु पछिको उच्च शिक्षाका विकल्प, प्राविधिक तथा व्यावसायिक शिक्षा, रोजगारीका सम्भावना, विदेश अध्ययन र शैक्षिक परामर्श सम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो। सहभागी विद्यार्थी, अभिभावक र शिक्षकहरूले यस्ता कार्यक्रमले शिक्षाको मार्गदर्शनमा सहयोग पुग्ने प्रतिक्रिया दिएका छन्।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस