२०८२ अषाढ २३, सोमबार

हुप्सेकोटका शिक्षकहरूलाई एआई सम्बन्धी तालिम

  • निष्कर्ष
  • २०८२ जेष्ठ ३१, शनिबार
हुप्सेकोटका शिक्षकहरूलाई एआई सम्बन्धी तालिम
हुप्सेकोट, ३१ जेठ, नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले माध्यमिक तहमा कार्यरत शिक्षकहरूलाई लक्षित गर्दै कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence – AI) सम्बन्धी दुई दिने अभिमुखीकरण तथा प्रयोगात्मक तालिम सम्पन्न गरेको छ।
तालिममा गाउँपालिकाभित्रका विभिन्न विद्यालयहरूमा कार्यरत ५९ जना शिक्षकहरूको सहभागिता रहेको थियो। तालिमको उद्देश्य शिक्षण सिकाइ प्रक्रियामा प्रविधिको अधिकतम उपयोग गर्दै शिक्षामा गुणस्तर अभिवृद्धि गर्नु रहेको हुप्सेकोट गाउँपालिका शिक्षा शाखा प्रमुख माधवराज गौतमले बताउनु भयो ।
तालिमका प्रमुख प्रशिक्षक सूचना प्रविधि विज्ञ  श्रीकृष्ण आचार्यले एआई को आधारभूत परिचय, यसका प्रकारहरू, शिक्षामा यसको प्रयोग, च्याट बोट, स्वचालित मूल्याङ्कन प्रणाली, र डिजिटल शिक्षण सामग्री निर्माण सम्बन्धी विविध विषयमा जानकारी गराउनु भएको थियो । सहभागी शिक्षकहरूले व्यावहारिक अभ्यासमार्फत एआई उपकरणहरूको शिक्षण सिकाइमा प्रयोग सम्बन्धी अभ्यास गरेका थिए ।
हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले शिक्षकहरूलाई २१ औँ शताब्दीको शिक्षण प्रविधिमा दक्ष बनाउने प्रयास अन्तर्गत तालिम सञ्चालन गरिएको बताउनु भयो । “एआई को प्रयोगबाट कक्षाकोठा शिक्षण अझ प्रभावकारी र विद्यार्थी केन्द्रित हुने विश्वास लिएका छौँ”,अध्यक्ष पाण्डेले भन्नु भयो ।
गाउँपालिकाले आगामी दिनमा आधारभूत तहका शिक्षकहरूलाई समेत यस्ता प्रविधिमैत्री तालिमहरू प्रदान गर्ने योजना बनाएको गाउँपालिका शिक्षा शाखा प्रमुख गौतमले जानकारी दिनु भयो ।
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस