२०८२ मंसिर २९, सोमबार

प्रजातन्त्रको रक्षाको लागि युवा पुस्ताले नेतृत्व लिनु आवश्यक छ: मध्यविन्दु नगर प्रमुख अधिकारी

  • निष्कर्ष
  • २०८२ अषाढ ७, शनिबार
प्रजातन्त्रको रक्षाको लागि युवा पुस्ताले नेतृत्व लिनु आवश्यक छ: मध्यविन्दु नगर प्रमुख अधिकारी
मध्यविन्दु, ७ असार,
गणतन्त्र र प्रजातन्त्रको रक्षा र समृद्धिको लागि युवा पुस्ताले नेतृत्व लिन र अग्रजहरूलाई सम्मान गर्न आवश्यक रहेको मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताउनु भएको छ ।
आज मध्यबिन्दु नगरको सभा हलमा जागृती बाल तथा युवा सरोकार नेपालले पिस पब्लिक डिप्लोमेसी क्रप्स (PPDC NEPAL)  नेपालको आयोजना भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै सो बताउनु भएको हो ।
नेपालमा अग्रजहरूले प्रजातन्त्रको स्थापनाको लागि गरेको मेहनतलाई वर्तमान युवाहरूले सम्झिनु आवश्यक रहेको साथै अग्रजहरूको प्रतिको सम्मान युवा पुस्ताले गर्ने र अग्रजहरूले पनि युवासँग र नयाँ पुस्ताको लागि अन्तरसम्बन्ध गर्ने साझा फोरमहरू तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
युवासँग भएको नयाँ प्रविधिको सीप र जोसलाई अग्रजहरुसगको अनुभवलाई साझा गर्दै हातेमालो गरी विकासमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कुनै पनि स्थानमा परिवर्तन र न्यायको लागि लागेका राजनीतिक, सामाजिक र अन्य योद्धाहरूलाई युवाहरूले सम्मान गर्नु रहेको बताउनुभयो । स्थानीय स्तरमा युवाहरूले सामाजिक विकासमा सहभागी भई अगाडी बढ्नु आवश्यक रहेको बताउनुभएको थियो । यसको लागि नगर सदैव युवाहरू सँगै रहेको र हरेक हिसाबले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
विकसित मुलुकहरूमा देश प्रेम र अग्रजहरू प्रति गरेको सम्मान हेर्न लायक र सम्झन लायक रहेकोले हाम्रा युवाले पनि यसको सिको गर्नु आवश्यक रहेको बताउनुभयो ।
कोरियन डेमोक्रेसी फाउन्डेसनको आयोजनामा भएको ग्लोबल फोरममा सहभागी भई नेपाल आउनु भएकी रेजिना घर्ती मगरले प्रस्तुतीकरण गर्दै कोरियाको प्रजातन्त्र र शान्ति स्थापनाको पहललाई नयाँ पुस्ताले हेर्न र सुन्न मिल्ने गरी र सार्वजनिक स्थानहरूमा राख्ने गरेको सुनाउँदै नेपालको पनि आफ्नो इतिहास रहेकोले यसको प्रचार प्रसार र नयाँ पुस्तालाई सिकाउनको लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।
अग्रजहरूको सङ्घर्षका कथा र अनुभवले युवा पुस्तामा देश प्रेम भावनामा अझै बढाउने हुँदा यसको लागि सबैले साझा फोरम निर्माणमा जोड दिनुभयो ।
युवाहरूलाई मानव अधिकार, शान्ति र डिप्लोमेसीमा क्षमता अभिवृद्धिको लागि पिस पब्लिक डिप्लोमेसी क्रप्स (PPDC NEPAL) ले विभिन्न अभियान र कार्यक्रमहरू गरिरहेको युवा अभियन्ता दिपक बस्यालले बताउनुभयो । युवाको लागि समय महत्त्वपूर्ण रहेको र सही समयमा सही काम गर्न सक्नु नै सक्षम युवाको गुण रहेकोले यसको लागि लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
हालसम्म ३५ जना युवाहरूलाई दीक्षित गरिएको र उहाँहरूलाई विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म फोरममा अनलाइनबाट र भौतिक रूपमा सहभागिता जनाउनु भएको छ ।
पिस पब्लिक डिप्लोमेसी क्रप्स २०२५ को (PPDC NEPAL) को लागि ९ जना युवाहरू छनौट गरिएको र उहाँहरूलाई विभिन्न सत्रमा मानव अधिकार, शान्ति प्रक्रिया, प्रजातान्त्रिक अभ्यास र डिप्लोमेसी र अन्य युवाका विषयमा जानकारीहरू दिने योजना रहेको जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनुभयो ।
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस