२०८२ मंसिर २०, शनिबार

मध्यविन्दुमा सर्पको टोकाइ वाट एक महिलाको मृत्यु

  • निष्कर्ष
  • २०८२ अषाढ १२, बिहिबार
मध्यविन्दुमा सर्पको टोकाइ वाट एक महिलाको मृत्यु

मध्यविन्दु(नवलपरासी), १२ असार
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–६ भण्डारामा सर्पको टोकाइ वाट एक महिलाको मृत्यु भएको छ ।
स्थानीय ४६ वर्षीय शान्ति डुम्रेलाई बुधवार राति सर्पले टोकेपछि अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । हिजो राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले टोके पछि उपचारको लागि कालीगण्डकी अस्पताल कावासोती लगिएकोमा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले जनाएको छ ।
कुन सर्पले टोकेको हो प्रजाति पहिचान नभएको जनाइएको छ । गर्मी मौसम सँगै जिल्लामा सर्प दंशका घटनाहरू बढ्न थालेका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस