२०८२ माघ ९, शुक्रबार

बौदीकाली गाउँपालिकामा यस वर्ष एसईई दिएका मध्य ८७.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • निष्कर्ष
  • २०८२ अषाढ १४, शनिबार
बौदीकाली गाउँपालिकामा यस वर्ष एसईई दिएका मध्य ८७.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

बौलीकाली,१४ असार,
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका वाट कुल एक सय ३० जना विद्यार्थी एसईई परिक्षामा सहभागि भएको मध्य एक सय १४ जना उत्तीर्ण भएका छन् । यो सँगै गाउँपालिकाको समग्र सफलता दर ८७.६९ प्रतिशत रहेको छ ।
गत वर्ष एसईईमा उत्तीर्ण दर ५३ प्रतिशत रहेको बौदीकाली गाउँपालिकामा यस वर्ष नतिजामा उल्लेख्य सुधार भएको बौदीकाली गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवलाल भुसालले बताउनु भयो । यस गाउँपालिकाका ८ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरु एसईई परिक्षामा सहभागि भएका थिए । सबैभन्दा बढी विद्यार्थी सहभागी हुने विद्यालय डेडागाउँ मावि बौदीकाली–२ वाट ३१ मध्ये २७ जना उत्तीर्ण भई ८७ प्रतिशत सफलता दर हासिल गरेको शिक्षा शाखा प्रमुख भुसालले जानकारी दिनु भयो । त्यसैगरी धर्मात्मा मावि बौदीकाली–१ बाट १८ जना मध्ये १६ जना उत्तीर्ण भई ८८.८८ प्रतिशत सफलता दर हासिल गरेको छ ।
सर्वोच्च सफलता दर भने बेलभञ्जयाङ मावि बौदीकाली–३ ले प्राप्त गरेको छ । यहाँका ५ जना विद्यार्थी सहभागी भएका मध्य सबैजना उत्तीर्ण भएका छन् । जसबाट विद्यालयले १०० प्रतिशत सफलता दर कायम गर्न सफल भएको छ ।
सिद्धि विद्याश्रम मावि बौदीकाली–१ मा भने ४ जना सहभागी मध्ये १ जना मात्र उत्तीर्ण भई २५ प्रतिशत नतिजा देखिएको छ । त्यसैगरी शारदा मावि बौदीकाली–३ वाट १५ मध्ये १४ (९३.३३%)जना उत्तीर्ण भएका छन् । नगरडाँडा मावि बौदीकाली–४ वाट २० मध्ये १६ (८०%) जना उत्तीर्ण भएका छन् । उदय मावि बौदीकाली–५ वाट १३ मध्ये १२ (९२.३%)जना उत्तीर्ण भएका छन् भने नगरडाँडा मावि बौदीकाली–६ वाट २४ मध्ये २२ (९५.८३%) जना उत्तीर्ण भएका छन् ।
विद्यालयगत विश्लेषण गर्दा अधिकांश विद्यालयहरूको नतिजा उत्साहजनक देखिएको शिक्षा शाखा प्रमुख भुसालले जनकारी दिनु भयो । गाउँपालिकाले शैक्षिक सुधार तथा गुणस्तर वृद्धिका लागि अझ प्रभावकारी कार्यक्रम ल्याउने तयारी गरेको बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनु भयो ।
“नतिजा सुधारका लागि गाउँपाकिाले दुई महिना एसईई तयारी कक्षा सञ्चालन गरेको थियो । अग्रेजि ,गणित र विज्ञान विाषयको कक्षा सञ्चालन गरिएको थियो”,उहाँले भन्नु भयो ।
विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई बधाई दिँदै गाउँपालिका अध्यक्ष ओझाले आगामी वर्षमा अझ राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नु भयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस