२०८२ मंसिर २९, सोमबार

बुलिङटारमा जङ्गली च्याउ खादा १० जना बिरामी

  • निष्कर्ष
  • २०८२ अषाढ १४, शनिबार
बुलिङटारमा जङ्गली च्याउ खादा १० जना बिरामी

विष्णु गौडेल,मध्यविन्दु(नवलपरासी), १४ असार
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा जङ्गली च्याउ खादा १० जना बिरामी भएका छन् । शनिवार स्थानीय जीवन ज्योति चर्च मण्डलीको नयाँ भवनको ढकाल काम गर्न गएका १० जनाले जङ्गल वाट ल्याएको च्याउ पकाई खादा बिरामी भए पछि उपचारका लागि अस्पताल लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार जङ्गल वाट ल्याएको विषाक्त च्याउ खादा बिरामी भएका १० जनाको अहिले चितवन स्थिति भरतपुर सरकारी अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भई रहेको छ ।
बिरामी हुनेमा बुलिङटार गाउँपालिका–२ बस्ने वर्ष ५१ कि शमीमाया राना, वर्ष १७ कि कविता लुङगेली, वर्ष ३७ को सिताराम गरन्जा मगर, वर्ष १७ कि निशा ठाडा मगर, वर्ष ४८ को कृष्ण बहादुर राना , वर्ष ७८ कि जसु डिसुवा मगर, वर्ष ४५ को एकवीर बराल ,वर्ष ५० कि चुलीमाया थापा, वर्ष ६६ कि गनिसर राना मगर र वर्ष ४० कि मनमाया लुङगेलिमगर रहेका छन् ।
बिरामी भएका मध्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनु भयो । आज दिउसो भवन ढलानको काम सकी खाना पकाएर खाए पछि सबै जना बिरामी हुन थाले पछि अस्पताल लगिएको हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस