२०८२ माघ ९, शुक्रबार

महिनावारी सरसफाइ र पुन प्रयोग योग्य प्याड निर्माण कार्यशाला मध्यविन्दुमा सम्पन्न

  • निष्कर्ष
  • २०८२ अषाढ २७, शुक्रबार
महिनावारी सरसफाइ र पुन प्रयोग योग्य प्याड निर्माण कार्यशाला मध्यविन्दुमा सम्पन्न
मध्यविन्दु, मध्यविन्दु नगरपालिकामा किशोरीहरूको लागि यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी सरसफाइ तथा स्वच्छता र घरमा नै निर्माण गर्न सकिने पुन प्रयोग गर्न सकिने प्याड बनाउने तालिम मध्यविन्दु नगरपालिकामा सम्पन्न गरिएको छ ।
मध्यविन्दु नगरपालिकामा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालनसँगको साझेदारीमा सञ्चालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गतका ३० जना साथी शिक्षकहरूलाई सो तालिम सञ्चालन गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम अधिकृत राधादेवी बोटेले बताउनुभयो ।
किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत छनौट भएका किशोरीहरूलाई विभिन्न विषयहरूमा विभिन्न चरणहरूको तालिम प्रदान गरी उनीहरूको मार्फतबाट विद्यालय र समुदाय स्तरमा उनीहरूले लिएका तालिमको विषयमा सिकाउने र छलफल गर्ने साथी बाट साथी अवधारणाका साथ विगत १ वर्ष देखी मध्यविन्दुमा सञ्चालन गरिरहेको संस्थाका महासचिव दिपक शर्माले बताउनुभयो ।
उनीहरूले आत्म सुरक्षा, नेतृत्व विकास, हिंसा, शोषण र दुर्व्यवहार बाट बच्ने उपायहरू, बाल अधिकार, किशोरी अधिकार, द्वन्द्वको समाधान सम्बन्धी जीवनोपयोगी सिपका तालिमहरू सञ्चालन गरेको उहाँले बताउनुभयो ।
आजको कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका परिवार योजना तथा किशोर किशोरी स्वास्थ्य कार्यक्रमको फोकल पर्सन सागर पराजुलीले यौन तथा प्रजनन स्वास्थ्य, पोषण, महिनावारी सरसफाइ तथा स्वच्छताको बारेमा सहजीकरण गर्नुभएको थियो ।
किशोर अवस्थामा हुने परिवर्तनलाई आत्मसात् गर्दै आफूमा आउने परिवर्तनहरूको बारेमा समेत जानकारीहरू हासिल गर्न सकियो भने सबै हिसाबले अव्वल हुन सकिनेमा उहाँले जोड दिनुभयो ।  महिनावारीको बेलामा सर सपाइको विशेष महत्त्व हुने गरेको र हाम्रोमा अझै पनि यसको बारेमा खुलेर चर्चा नगरिनुले समस्या भएकोले किशोरीहरूले यसको बारेमा खुलेर चर्चा गर्नको लागि विभिन्न टिप्सहरू समेत दिनुभयो । किशोर अवस्थामा खानपानको विशेष महत्त्व हुने भएकोले पौष्टिक युक्त खानेकुराहरू बढी मात्रामा खानुपर्ने र जंकफुडहरुको कम प्रयोग गर्नको लागि उत्प्रेरित समेत गर्नुभयो ।
किशोरी अभियन्ता आशा विकले सेनेटरी प्याडको महत्त्व र यसको प्रयोगको विधिको बारेमा जानकारी दिँदै बजारिया प्याडको फाइदा र बेफाइदा सँगै पुन प्रयोग योग्य प्याडको फाइदा र बेफाइदाको बारेमा सहजीकरण गर्नुभएको थियो । साथै घरमा नै सफा कपडाहरूको प्रयोग गरी निर्माण गर्न सकिने प्याडको निर्माणको विधिहरू र तरिकाहरू सिकाउनुभएको थियो ।
कार्यक्रमको समुद्घाटन समारोहमा नगर प्रमुख भिमलाल अधिकारीले किशोरीहरूको सशक्तीकरणको लागि यो तालिम फलदायी रहेको र कुनै पनि हिसाबले किशोरीहरू कमजोर रहेको नसोची आफू र आफ्नो विकासको लागि लाग्न अनुरोध गर्नुभयो । व्यक्तित्व विकास सँगै समाजका हानिकारक अभ्यासहरू समेत न्यूनीकरणमा विद्यालय र समुदाय स्तरमा कार्यक्रमहरू सञ्चालन गर्न उहाँले जोड दिनुभयो  ।
कार्यक्रममा नगरका ३० जना किशोरीहरूको सहभागिता रहेको थियो

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस