२०८२ मंसिर २०, शनिबार

करेन्ट लागेर बर्दियाका निर्माण मजदुरको मृत्यु

  • निष्कर्ष
  • २०८२ अषाढ ३०, सोमबार
करेन्ट लागेर बर्दियाका निर्माण मजदुरको मृत्यु

मध्यविन्दु(नवलपरासी),३० असार
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को नमुना सदरमुकाम स्थलमा भवन निर्माणको क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।
कावासोती नगरपालिका–३ पुरानो कावासोती स्थिति सरकारी भवनको सभा हलमा फर्मा सेटिङको लागि ड्रिल गर्ने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनु भयो । मृत्यु हुनेमा बर्दिया ठाकुर बाबा नगरपालिका–२ घर भई हाल कावासोती नगरपालिका–२ मा डेरा गरी बस्ने ३५ वर्षीय सरोज थारु रहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनु भयो ।
काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थारुलाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस