हुप्सेकोट(नवलपरासी), ५ साउन
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी खोल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय टारे पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हुप्सेकोट–५ राम्चे बस्ने अप्सरा राई मगरको आठ वर्षीय छोरा आकाश राई मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार छ जना साथीहरू सँगै टारे पोखरीमा पौडी खेल्न गएकोमा आकाश डुबेको अवस्थामा स्थानीले उद्धार गरेका थिए ।
बेहोस अवस्थामा बालकलाई उपचारका लागि अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषण गरेका हुन् ।