२०८२ फागुन ३, आईतबार

युवा दीगो विकासका इन्जिन र चालक हुन्  ः गिरी

  • निष्कर्ष
  • २०८२ श्रावण २७, मंगलबार
युवा दीगो विकासका इन्जिन र चालक हुन्  ः गिरी
कावासोती, २७ साउन । युवा अगुवा विद्रोही गिरीले युवा दीगो विकासमा इन्जिन र चालक भएको बताएका छन् । नवलपुरको  कावासोतीमा  २६ औं अन्तराष्ट्रिय युवा दिवसका अवसरमा  दीगो विकास र समृद्धिमा युवाको सहभाागिता बिषयक क्षमता विकास कार्यशाला बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो  ।  दिगो विकासको अबलम्बनले मात्र देशलाई समृद्ध बनाउने भएकाले यूवाहरुको ध्यान दीगो विकासमा  हुनुपर्ने छ  युवा अगुवा गिरीले भन्नुभयो– ‘ग्रिन इकोनोमो मार्फत नै समृद्ध हुने हो त्यसमै अवसर खोज्ने हो ।’
 आर्थिक , सामाजिक, पर्यावरणीय पक्षलाई  ख्यालमा राखेर विकासको फल खानु र भविश्यका लागि बोट राख्न कै लागि दीगो विकासमा  यूवाहरुले ध्यान केन्द्रीत गर्नुपर्नेमा उहाँको जोड रहेको थियो । युवाहरुलाई देशमै रोजगारीको अवसरका क्षेत्र पहिचानका गरी सीपमा आधारित उद्यमशिलतामा लाग्न गिरीले आग्रह गर्नुभयो ।  मध्यविन्दु बहुमुखी क्याम्पसका प्रमुख गणेशमान गिरीले युवाहरुको जोश, जाँगरलाई राष्ट्र हितमा प्रयोग गर्नु पर्ने धारणा राख्नुभयो । जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले युवाहरुको खोज र अनुसन्धानलाई नतिजामुखी बनाउन आबश्यक भएकोमा जोड दिनुभयो ।
युवा सन्दीप पाण्डेले  युवालाई नेतृत्वमा स्थापित गर्नुपर्ने धारणा राख्नुभयो ।
जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा भएको कार्यक्रममा मध्यविन्दु बहुमुखी क्याम्पस नगर युवा सञ्जाल कावासोती, क्यानालानको समन्वय रहेको थियो ।  करिब ५० जनाको सहभागीतामा उक्त कार्यक्रम भएकोे थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस