२०८२ फागुन ३, आईतबार

नवलपुर एफ.एम.को आयोजनामा राष्ट्रिय शंखध्वनि एवं भजन प्रतियोगिता हुने

  • निष्कर्ष
  • २०८२ श्रावण ३०, शुक्रबार
नवलपुर एफ.एम.को आयोजनामा राष्ट्रिय शंखध्वनि एवं भजन प्रतियोगिता हुने

नवलपुर, साउन ३० । कला, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नवलपुर एफ।एम। १०४।७ मेगाहर्जले श्रीकृष्ण जन्माष्टमीको अवसरमा ११औँ राष्ट्रिय खुल्ला शंखध्वनि तथा भजन प्रतियोगिता आयोजना गर्ने भएको छ। एफ।एम।२०७१ सालमा स्थापना भएदेखि हरेक वर्ष सांस्कृतिक कार्यक्रमलाई प्राथमिकताका साथ मनाउँदै आएको छ, र यसपालि पनि आफ्नो १२औँ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता गर्न लागेको हो।

भजनतर्फ प्रथम हुने टोलीलाई नगद १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई ५ हजार र सान्त्वनालाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ। शंखध्वनि प्रतियोगितामा प्रथमलाई ५ हजार, द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार र सान्त्वनालाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक नारायण प्रभुले जानकारी दिनुभयो। भजनतर्फ समूहगत र शंखध्वनि तर्फ व्यक्तिगत प्रतिस्पर्धा हुनेछ।

कार्यक्रम २०८२ साउन ३१ गते शनिबार बिहान साढे १० बजे नवलपुर एफ।एम।को प्रांगण, कावासोती ८ नयाँ बजारमा हुनेछ। यस वर्षको प्रमुख अतिथि गज्न्द्रमोक्ष धामका उत्ताराधिकारी तथा त्रिवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र विकास समितिका अध्यक्ष स्वामी कृष्ण प्रपन्नाचाय करपात्री महाराजा जी रहने संयोजक नारायण प्रभुले बताउनुभयो।

नवलपुर एफ।एम।की कार्यकारी निर्देशक राधिका भुसालले प्रतियोगिताले सांस्कृतिक विविधतालाई संरक्षण मात्र होइन, नयाँ पुस्तामा यसको महत्वबारे चेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो।

एफ एम का अध्यक्ष नारायण शर्माले प्रतियोगिताले सांस्कृतिक सम्पदा जगेर्ना र नयाँ पुस्तामा यसको महत्व उजागर गर्ने बताउदै सबैलाई सहभागीताको अनुरोध गर्नुभयो ।

कार्यकम नवलपुर एफ, पत्रकार तिर्थराज भुसाल स्मृति टष्टको आयोजना एवं लोक सांस्कृतिक भजन समूह, कावासोती–२ को सहआयोजनामा सञ्चालन हुनेछ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस