२०८२ कार्तिक ३०, आईतबार

बुटवल–नारायणगढ सडक पूण रुपमा अवरुद्ध

  • निष्कर्ष
  • २०८२ आश्विन ३, शुक्रबार
बुटवल–नारायणगढ सडक पूण रुपमा अवरुद्ध

मध्यविन्दु (नवलपरासी), ३ असोज
पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने क्षेत्रमा पहिरो झरेकाले सडक अवरुद्ध भएको हो ।
लगातारको वर्षाको कारण दाउन्नेको पैसठ्ठी मोड नजिकै माथिबाट पहिरो झरेकाले सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का प्रमुख जनकराज बन्जाराले बताउनु भयो । लगातारको वर्षाले गत बुधवार बिहान देखि एकतर्फी भएको दाउन्ने खण्ड आज दिउसो देखि पूर्ण रूपमा अवरुद्ध भएको बन्जाराले जानकारी दिनु भयो ।
‘‘हल्का वर्षामा पनि गाडी चिप्लिए गुड्न सक्ने अवस्था थिएन, हिलो बाटोमा ट्रकहरू फसेर समस्या हुने गरेको छ, अहिले दिउसो पहिरो झरे पछि सडक पूर्ण अवरुद्ध भएको हो’’उहाँले भन्नु भयो ।
दाउन्ने खण्डमा सडक अवरोध भएका कारण सवारी आवागमनमा समस्या भएको र मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको नारायणगढ –बुटवल सडक आयोजनाले जनाएको छ ।

 

 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस