२०८२ कार्तिक ३०, आईतबार

शिव मन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

  • निष्कर्ष
  • २०८२ आश्विन ९, बिहिबार
शिव मन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

कावासोती , शिव मन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था कावासोती नगरपालिका-१ को १३ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाको प्राङ्गणमा भएको सभा साधारण सभा संस्थाका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षता, कावासोती वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष ओम थापाको प्रमुख आतिथ्यतामा भएको हो ।

साधारण सभामा आफ्ना शुभकामना मन्तव्य राख्ने क्रममा शिव मन्दिर खानेपानी ले २४ सै घण्टा पानी सञ्चालनको व्यवस्थामा मिलाउन लागेकोमा थप स्वच्छ पानी पुर्‍याउन निरन्तर लाग्नको लागि थप शुभकामना दिएका थिए । पानी सबैलाई स्वच्छ, सर्वसुलभ र पर्याप्त पुर्‍याउनुका साथै सरसफाइको क्षेत्रमा पनि संस्थाले निरन्तर काम गर्नुपर्ने वक्ताहरूको भनाई रहेको थियो । साधारण सभामा संस्थाका अध्यक्ष राजकुमार घिमिरेले प्रतिवेदन तथा आगामी योजना प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष घिमिरेले खानेपानीको लागि कुय खोला मुहान देखि टङ्कीसम्म करिब ५५०० मिटर पाइप लाइन विस्तार तथा निर्माण गरी पानी सञ्चालनमा ल्याएको, करिब १२० मि. लामो क्रसिद्ध केरूङ्ग खोलामा निर्माण गरी सुचारु भएको, बालुवा खोलाको ११० मि. को पाइप परिवर्तन गरी १६० मि. को पाइप बाट पानी सञ्चालनमा आएको, साबिक ४ नं. वडा भित्र विभिन्न ठाउँमा ८०० मि. पाइप लाइन विस्तार गरिएको, मिलन चोक देखि लाफा चोक सम्म करिब ७०० मि. पाइप लाइन बिस्तार गरिएको, कार्यालय भवन परिसरमा वालकम्पाउड तथा पार्किङ निर्माण साथै शौचालय निर्माण गरिएको, सम्मवोयलको पानी सञ्चालनको लागि चेम्बर तथा कलेक्सन चेम्बर निर्माण गरी सञ्चालनमा ल्याएको, हात्ती खोर मन्दिर टोलमा करिब ३०० मि. पाइप लाइन बिस्तार गरी सञ्चालनमा ल्याएको, गरिब तथा विपन्न परिवारलाई ५० प्रतिशत छुटमा धारा जडान गरिएको, पानीमा कीटाणुरहित बनाउनका लागि औषधि प्रयोगको लागि डोजिङ्गः पम्पको निर्माण गरी सञ्चालनमा ल्याएको बताउनुभयो ।

त्यस्तै संस्थाको आ.ब. २०८२/२०८३ को वार्षिक कार्य योजना प्रस्तुत गर्दै अध्यक्ष घिमिरेले गत वर्ष पुरा गर्न बाँकी रहेको कामहरूलाई निरन्तरता दिइने, यस आयोजनालाई नेपाल सरकारबाट प्राप्त हुने बजेटबाट क्षतिग्रत बालुवा खोलाको मुहानमा इन टङ्की निर्माण गरिने, यस संस्थाको सेवा क्षेत्रभित्र आवश्यक ठाउँहरू पहिचान गरी पाइप बिस्तारलाई प्रभावकारी रूपमा अगाडि बढाइने, यस संस्थाको सेवा क्षेत्रभित्र आवश्यक ठाउँहरू पहिचान गरी भल्वचेम्बर निर्माण गरिने, उपभोक्ताहरूको सेवा सुविधाको लागि २४ सै घण्टा पानी सञ्चालनको व्यवस्था मिलाइने, संस्थाका कार्यसमिति तथा कर्मचारीहरूलाई आवश्यक अनुसारको तालिम तथा गोष्ठीहरूमा सहभागी गराई क्षमता अभिवृद्धि गराइने, आ.व. मा कावासोती नगरपालिका तथा वडा कार्यालयसँग बजेट माग गरी आवश्यकता अनुसारको सामाग्रीहरू खरिद गरी सेवा दिइने, खानेपानी मन्त्रालय तथा खानेपानी विभागसङ समन्वय गरी बृहत् खानेपानी आयोजना सञ्चालनका लागि डी.पी.आर.को माग गरिने, सरसफाइ कार्यक्रमलाई प्रभावकारी बनाई सञ्चालनका लागि सम्बन्धित सरोकारवालाहरू सँग समन्वय गरी कार्य अगाडि बढाइने र हालसम्म पनि खानेपानी धारा जडान गर्न नसकेका गरिब तथा विपन्न परिवारलाई धारा जडानको व्यवस्था गरिने बताउनुभयो ।

साधारण सभामा गत आर्थिक वर्षको आय व्यय विवरण समेत प्रस्तुत गरिएको थियो । साधारण सभाको सञ्चालन सचिव लक्ष्मण श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष बल बहादुर गाहाले गर्नुभएको थियो । साधारण सभाको उद्घाटन कार्यक्रममा कावासोती नगरपालिका वडा नम्बर १ का पूर्व वडा अध्यक्ष एवं शिव मन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको संस्थापक अध्यक्ष नारायण पन्त, संस्थाको सल्लाहकार संयोजक अशोक लम्साल, सौभाग्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तिलाराम भुसाल लगायत वडा भित्र रहेका विभिन्न संघसस्थाका प्रमुख एवं प्रतिनिधि र उपभोक्ताहरूको उपस्थिति रहेको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस