२०८२ मंसिर २४, बुधबार

मध्यविन्दुमा भएको सवारी दुर्घटनामा एकको मृत्यु दुई जना घाइते

  • निष्कर्ष
  • २०८२ कार्तिक ३, सोमबार
मध्यविन्दुमा भएको सवारी दुर्घटनामा एकको मृत्यु दुई जना घाइते

मध्यविन्दु (नवलपरासी), ३ कात्तिक
नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका–८ गडार खोलामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गको चोरमारा बाट अरुणखोला तर्फ जाँदै गरेको लु ५५ प २९४८ नं. को स्कुटर र नारायणगढ बाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ६६३४ नं. को तेल बोकेको ट्याङ्कर ठक्कर खाएको ।
तीन जना सवार स्कुटर ट्याङ्कर सँग ठक्कर खादा स्कुटर चालक मध्यविन्दु–१३ मैनाघाट बस्ने ४२ वर्षीय वीर बहादुर सिँजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनु भयो । गम्भीर घाइते हुनु भएका सिँजालीलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा परि स्कुटर पछाडि सवार मध्यविन्दु नगरपालिका–७ अम्रसाका २३ वर्षीय चन्द्र बहादुर गाहा र मध्यविन्दु–९ वसन्तपुरका ३१ वर्षीय समीर जङ्ग कुमाल गम्भीर घाइते हुनु भएको छ । घाइते दुवै जनालाई उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस