२०८२ मंसिर २४, बुधबार

देउसी भैलो खेल्ने समूहको कुटपिट बाट वियनी त्रिवेणीमा एक जनाको मृत्यु

  • निष्कर्ष
  • २०८२ कार्तिक ७, शुक्रबार
देउसी भैलो खेल्ने समूहको कुटपिट बाट वियनी त्रिवेणीमा एक जनाको मृत्यु

मध्यविन्दु (नवलपरासी), ७ कात्तिक
नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्ने समूहको कुटपिट वाट एक जनाको मृत्यु भएको छ । देउसी भैलो खेल्न आएको युवाहरूको कुटपिट वाट सोही ठाउका ४४ वर्षीय सन्त बहादुर ठाडा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनु भयो ।
बिहीबार राति देउसी भैलो खेल्दै दुमकट्टा गाउँमा पुगेको समूहका केही युवाले नाचगानकै क्रममा सन्त बहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइते सन्त बहादुरलाई उपचारको लागि स्थानीय लुम्बिनी मेडिकल सर्दि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक नेपालले जनाकारी दिनु भयो ।
घटनामा संलग्न रहेको आशङ्कामा तीन जना युवाहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक थमन सिंह रानाले बताउनु भयो । पक्राउ पर्नेहरूमा विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टाका १९ वर्षीय रिङकु गुरुङ, २० वर्षीय धरन पाइजा मगर र एक जना १७ वर्षीय किशोर रहेका छन् ।
मृतकको शवलाई पोस्टमार्टमका लागी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस