२०८२ मंसिर २४, बुधबार

दाउन्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

  • निष्कर्ष
  • २०८२ कार्तिक १५, शनिबार
दाउन्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु (नवलपरासी), १५ कात्तिक
बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।
केही दिन देखिको वर्षाका कारण हिलो र चिप्लो हुँदा एक तर्फी भएको सडकमा मालवाहक ट्रक फस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार दाउन्नेको घ्यु खोला नजिकै ट्रक हिलो सडकमा फस्दा साँझ देखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।
शुक्रवार राति देखि दाउन्ने सडक चिप्लो भई सवारी साधन सञ्चालनमा अवरुद्ध हुँदै आएको थियो । एक तर्फी रहेको सडकका कारण राति देखि जाममा रहेका सयौँ सवारी साधन सडक पूर्ण अवरुद्ध भए पछि थप समस्यामा परेका छन् ।
अहिले पनि दाउन्ने क्षेत्रमा वर्षा भई रहेकाले सडकमा फसेको ट्रक निकाल्न र चिप्लो बाटो मर्मत गर्न समस्या भएको प्रहरी नायव उपरीक्षक नेपालले बताउनु भयो ।
बुटवल–नारायणगढ सडक खण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस