२०८२ मंसिर २४, बुधबार

सरकारले राजनैतिक संकटलाई निकास दिन सक्दैन – क्राकपा नेपाल नवलपरासी

  • निष्कर्ष
  • २०८२ कार्तिक १५, शनिबार
सरकारले राजनैतिक संकटलाई निकास दिन सक्दैन – क्राकपा नेपाल नवलपरासी

नवलपरासी १५ कार्तिक – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जेनजी बिद्रोह भजाएर बनेको बर्तमान सरकारले राजनैतिक गतिरोधलाई निकास दिन नसक्ने निष्र्कष निकालेको छ ।

जेनजी बिद्रोह भष्ट्रचारको बिरुद्ध सुशासनको पक्षमा र सामाजिक संजाल बन्दको बिरुद्ध भएको भन्दै पार्टीले यो संसदवादी पार्टीहरुका रबैयाका कारण जेनजी बिद्रोह भएको भन्दै बिद्रोहलाई बिभिन्न बैदेशिक शक्ति केन्द्रले दुरुपयोग गरेर कठपुतली सरकार बनाएको पार्टीको दावी छ ।
नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(बहुमत)को महत्वपुर्ण हिस्सा र नेकपा (मशाल) बीच एकता महाधिबेशन सम्पन्न गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बनेको हो ।
‘देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिका बीच संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको पक्षमा संघर्ष उठाउन पहल गर्ने योजना छ’ – पार्टीका केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले भने ‘ देशको सार्वभौमिकताको पक्षमा सशक्त आवाज उठाउदै राष्ट्रिय स्वाधीनता माथिको खतराका विरुद्ध एकल तथा संयुक्त संघर्ष उठाउन जोड दिने भएका छौं ।’
शनिवार सो पार्टीको बर्दघाट–१४ गंगाबस्ती जिल्ला सचिवालयको विस्तारित बैठक भएको थियो । बैठकले भ्रष्टहरुको भण्डाफोर तथा कार्वाही गर्दै भ्रष्टाचार विरोधी संघर्षलाई अगाडि बढाउने निर्णय गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले जानकारी दिए । ‘स्थानीय समस्यालाई लिएर सिर्जनात्मक ढंगले स्थानीय वर्गसंघर्ष उठाउन जोड दिईनेछ ‘। – युवा नेता पाण्डेयले भने– ‘जसमा जुझारु संघर्ष उठाउन पहल लिईनेछ ।’
कार्यक्रममा पार्टीका सचिवालय सदस्यत्रय गणेश बहादुर ढकाल, दुर्गा नारायण चौधरी, राम प्रसाद अर्गेजा र क्रान्तिकारी संयुक्त मोर्चा नेपाल नवलपरासीका संयोजक चुडामणी भण्डारीले आन्दोलन उठान गर्न सुझाव सहित बिषयबस्तु राखेका थिए ।
क्रान्तिकारी संयुक्त मोर्चा नेपाल क्राकपा नेपालको रणनैतिक मोर्चा हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस