२०८२ मंसिर २४, बुधबार

बुलिङ्टारमा निःशुल्क आँखा परीक्षण तथा अप्रेशन शिविर सम्पन्न

  • निष्कर्ष
  • २०८२ कार्तिक २२, शनिबार
बुलिङ्टारमा निःशुल्क आँखा परीक्षण तथा अप्रेशन शिविर सम्पन्न

नवलपुर, बुलिङ्टार । बुलिङ्टार गाउँपालिका, भरतपुर आँखा अस्पताल र कुमारी सार्वजनिक शैक्षिक गुठिको संयुक्त आयोजनामा बुलिङ्टार गाउँपालिकामा निःशुल्क आँखा परीक्षण तथा अप्रेशन शिविर सम्पन्न भएको छ।
शिविरमा गाउँपालिका अन्तर्गतका सर्वसाधारण नागरिकहरूलाई निःशुल्क आँखा स्वास्थ्य सेवा प्रदान गरिएको <span;>बुलिङ्टार गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारीले बताउनु भयाे <span;>। शिविरबाट पाँच सय ६० जना स्थानीयवासीले आँखा परीक्षण गराएका थिए ।


परीक्षण गरिएका मध्येमध्ये ७० जना बिरामीको निःशुल्क मोतियाबिन्दु अप्रेशन समेत गराइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अशाेक श्रेष्ठले बताउनु भयाे ।
कार्यक्रमको उद्देश्य गाउँपालिकाभित्र बढ्दै गएको आँखा सम्बन्धी समस्या न्यूनिकरण गर्दै समुदायमा आँखा स्वास्थ्यप्रति सचेतना बढाउनु रहेको  स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताउनु भयाे। साथै आगामी दिनमा पनि यस्ता स्वास्थ्य केन्द्रित कार्यक्रम निरन्तर सञ्चालन गरिने बुलिङ्टार गाउँपालिकाले जानकारी दिएको छ।
बुलिङटार गाउँपालिका गत अार्थिक वर्षमा गण्डकी प्रदेशका स्थानीय तहहरू मध्य प्रथम भएकाे थियाे ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस