दीपेन्द्र रेग्मी, कात्तिक २८, कावासोती ।
विश्वविख्यात मोटर बाईक कम्पनि रोयल इन्फिल्डको मिटियोर ३५०, चार नयाँ भेरिएन्ट र ७ वटा कलरमा सार्वजनिक गरिएको छ ।
क्रुशर सिरिजअन्तर्गतको नयाँ मोडलका बाइक मिटियोर ३५० यसअघि तीन भेरियन्टमा मात्रै उपलब्ध रहेकोमा आजदेखि थप नयाँ एक भेरियन्ट र फरक फरक ७ वटा कलर सहितका मोटरसाईकल देशैभर एकैसाथ सार्वजनिक गरिएको हो ।
नवलपुरको कावासोतीका लागि रोयल इन्फिल्डको आधिकारिक विक्रेता गैरे प्रतिष्ठान प्राईभेट लिमिटेडका ब्रान्च म्यानेजर टिकाराम कुर्मी र नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलले एकैसाथ उक्त बाईक सार्वजनिक गर्नुभएको हो ।
कावासोती ८, कालिगण्डकी चोकमा रहेको गैरे प्रतिष्ठान प्रा.लि.ले विगत करिब एक वर्षअगाडि देखि नै रोयल ईन्फिल्डका विभिन्न सिरिजहरु उपलब्ध गराउँदै आएको छ ।
गैरे प्रतिष्ठान प्राईभेट लिमिटेडका ब्रान्च म्यानेजर टिकाराम कुर्मीका अनुसार मिटियोर ३५० सिसी क्रुसर सिरिजको बाइक रहेको छ । जसमा जे सिरिजको एयर कुल्ड, एसओएचसी इन्जिनका साथै यसमा ३५० सिसीको सिंगल इन्जिन जडान गरिएको छ । साथै यि नयाँ बाईकमा एसिस्टेण्ड सिल्भर क्लच, एलईडि हेडलाईट लगायतका मेन फिचर रहेको कुर्मीको भनाई छ ।
कम्पनीले मिटियोर ३५० को फायर बल भेरियन्टको सुरुवाती मूल्य ५ लाख ७७ हजार रुपैयाँ तोकेको छ । त्यस्तै स्टेलरको मूल्य ५ लाख ८७ हजार, अरोराको मूल्य ५ लाख ९१ हजार ९०० र सुपर नोभाको ५ लाख ९७ हजार मूल्य तोकेको छ ।
मिटियो ३५० रोयल इन्फिल्डको कावासोतीको गैरे प्रतिष्ठान सहित देशैभरका शाखाबाट बिक्री वितरण भैरहेको बताईएको छ ।