मध्यविन्दु (नवलपरासी), ६ मंसिर,
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६ डण्डा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परेर दुई जना घाइते भएका छन् ।
गए राती १० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना ४३ प ३४३६ नं.को मोटर साइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनु भयो ।
मोटरसाइकल चालक कावासोती नगरपालिका–१६ गैडाचोक बस्ने ४२ वर्षीय हिरा बहादुर परियारको उपचारको क्रममा गए राति मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल पछाडि सवार कावासोती नगरपालिका–३ बस्ने वर्ष ३२ की सुनिता जोहार्जा र कावासोती नगरपालिका–१४ बस्ने वर्ष २४ की मिना मगरको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।
मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको खोजी कार्य भई रहेको प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिनु भयो ।