मध्यविन्दु (नवलपरासी), ६ मङ्सिर
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–७ चोरमारामा ट्रक र मोटरसाइकल ठक्कर खादा एक जनाको मृत्यु भएको छ ।
चोरमारा उकालोमा कावासोती बाट भैरहवा तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ७१६४ नं. को ट्रकले विपरीत दिशा बाट आउँदै गरेको ना ३४ प १२८५ नं. को मोटरसाइकललाई लाई ठक्कर मोटरसाइकल चालकको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका मध्यबिन्दु नगरपालिका–१५ बस्ने वर्ष ३६ का लोक बहादुर थारुलाई उपचारको लागी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनु भयो । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।