२०८२ मंसिर २४, बुधबार

हुप्सेकोटको जुगेपानीमा छोराको कुटपिट वाट बुवाको मृत्यु

  • निष्कर्ष
  • २०८२ मंसिर १०, बुधबार
हुप्सेकोटको जुगेपानीमा छोराको कुटपिट वाट बुवाको मृत्यु

मध्यविन्दु(नवलपरासी), १० मंसिर
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका १ जुगेपानीमा आफ्नै छोराको कुटपिट वाट बुवाको मृत्यु भएको छ ।
जुगेपानी बस्ने वर्ष ६० को राम बहादुर बि.क.लाई गए राती उहाँकै छोरा वर्ष ३० को सन्त कुमार बि.क.ले घरायसी विवादका क्रममा कुटपिट गर्दा बुबाको मृत्यु भएको हो ।

छोराको कुटपिट वाट गम्भीर घाइते हुनु भएका राम बहादुरलाई उपचारको लागि मध्यविन्द् प्रादेशिक अस्पताल डण्डा लगिएकोमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनु भयो ।
कुटपिट गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक नेपालले बताउनु भयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस