२०८२ मंसिर २४, बुधबार

एचआइभी सङ्क्रमितहरूको समस्या समाधानमा सबै सरोकारवालाको चासो आवश्यक

  • निष्कर्ष
  • २०८२ मंसिर १४, आईतबार
एचआइभी सङ्क्रमितहरूको समस्या समाधानमा सबै सरोकारवालाको चासो आवश्यक

नवलपुर , १४ मंसिर ,एचआइभी सङ्क्रमितहरूको समस्या समाधानमा सबै सरोकारवालाहरूले चासो दिनुपर्ने लुम्बिनी प्लसका अध्यक्ष निर्मला पौडेलले बताउनुभयो । “अवरोधहरू पर गरौँ,एड्स प्रतिकार्य रूपान्तरण  गरौँ” भन्ने नारा सहित ३८ औँ विश्व एड्स दिवसको अवसरमा लुम्बिनी प्लसले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एचआइभी सङ्क्रमितहरूको अवस्था, समस्या र समाधानका विषयमा बोल्दै अध्यक्ष पौडेलले एचआइभीको सवाल अव सङ्क्रमितहरूको मात्र नभएर सबै सरोकारवालाहरूले सहयोग, सहकार्य र समन्वय गर्न आवश्यक रहेको बताउनुभयो ।

जसको सवाल उसैको नेतृत्व भएर पनि लुम्बिनी प्लसमा अहिले धेरै सङ्क्रमितहरू खुलेर आउने र सेवा लिने गरेका छन् । सङ्क्रमितहरू सँग खुल्न सजिलो हुने भएर सेवा लिन आए पनि समाजमा अझै उनीहरू प्रति हुने लाञ्छना र भेदभावमा कमी नआएको बताउनुभयो । उहाँका अनुसार शल्यक्रिया गर्नुपर्ने एच.आइ.भी सङ्क्रमितहरूले सास्ती झेल्दै आएका छन् ।

एचआइभी भएको बिरामी भन्ने थाहा भएपछि स्वास्थ्यकर्मीहरूबाट पनि भेदभाव हुने, जटिल प्रकृतिका स्वास्थ्य समस्या रहेका सङ्क्रमितहरूको उपचारका लागि उपचार सम्भव भए पनि अस्पतालहरूले अन्य जिल्लाको अस्पतालहरूमा निफर गर्ने अवस्था रहेको छ । सरकारी अस्पताले निजी अस्पतालमा निफर गरिदिने र उपचारमा संलग्न स्वास्थ्य कर्मीबाट भेदभाव हुँदा समस्या भएको सङ्क्रमितहरूको भनाई छ ।

आर्थिक अवस्थामा कमजोर भएका र विपन्न परिवारका सदस्य मात्र संस्थाको सम्पर्कमा आउने गरेको हुँदा उनीहरूको सबै मागलाई सम्बोधन गर्न नसकेको, स्वास्थ्य अवस्था कमजोर भइसकेपछि पहिचान भएका एचआइभी सङ्क्रमितहरूको उपचार व्यवस्थापनमा समस्या, सङ्क्रमित बालबालिका वयस्क भरसकेपछि विवाह गर्न समस्या रहेको, विवाह गरी अन्यत्र बसाई सरी जाँदा औषधी बिचमै छाड्ने र संस्था वा एआरटी सेन्टरहरू सँग सम्पर्कमा नआउने सङ्क्रमितका  कारण एचआइभीको जोखिम बढाएको र स्थानीय तहले सङ्क्रमितहरूको लागि आवश्यक कार्यक्रम प्राथमिकतामा नराख्दा समस्या भएको अध्यक्ष पौडेलले बताउनुभयो ।

कावासोती नगरपालिका उपप्रमुख फूलकुमारी थनेतको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख हेमचन्द्र पौडेल, कावासोती नगरपालिका स्वास्थ्य शाखाका सिनियर अ.हे.व अधिकृत पारेश्वर भुर्तेल, कावासोती नगरपालिका नगर प्रवक्ता एवं वडा नम्बर ३ वडा अध्यक्ष डोरमान गिरी लगायतले बोल्दै एचआइभीको क्षेत्रमा आवश्यकता अनुसारको सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।

कावासोती नगरपालिकाले एचआइभी सङ्क्रमित र प्रभावित बालबालिकाहरूको लागि स्वास्थ्य शिक्षा र पोषणको क्षेत्रमा सहयोग गर्दै आएको छ । लुम्बिनी प्लसले विगत २० वर्ष देखि साबिक नवलपरासी जिल्लामा एचआइभी सङ्क्रमितहरूको हेरचाह र सहयोग गर्दै आइरहेको छ । संस्थाले सङ्कट व्यवस्थापन केन्द्र, घर तथा समुदायमा आधारित हेरचाह कार्यक्रम मार्फत सहयोग गर्दै आएको हो ।

जसअन्तर्गत सङ्क्रमितहरूका लागि नियमित जाँचहरू, उपचारमा समन्वय र ए.आर.टी निरन्तरतामा सहयोग, जिल्लामा रहेका आवश्यक कागजात भएका एचआइभी सङ्क्रमितहरू तथा परिवारका सदस्यहरूको समेत निःशुल्क स्वास्थ्य बिमा गर्न, जिल्ला अस्पताल वाट निफर भई शिक्षण अस्पताल, वीर अस्पताल लगायतमा गएका सेवग्राहीहरुलाई उपचार खर्चमा समन्वय र सहयोग, सङ्क्रमितहरूलाई मनोसामाजिक परामर्श गरी आत्म लाञ्छना कम गराउन तथा घर परिवारमा एच.आई.भीको अवस्था खुलाउन, ए.आर.टी औषधि खान छाडेका सेवाग्राहीहरूलाई पुनः ए. आर. टी सुरु गराइएको, स्थानीय निकायहरूसँगको समन्वयमा एच.आई.भी सक्रमितहरुकालागि पोषणयुक्त सामग्री तथा सङ्क्रमित बालबालिकाहरूलाई शैक्षिक समाग्रीहरु वितरणमा समन्वय र सहयोग गर्ने, एचआइभी सङ्क्रमित सेवाग्राहीहरू भाइरल लोड जाँच, स्वास्थ्य जाँच र आफ्नो स्वास्थ्य प्रति सचेत बनाउने काम गर्दै अध्यक्ष पौडेलले बताउनुभयो । लुम्बिनी प्लसका अनुसार अहिले पूर्वी नवलपरासीमा छ सय दश र पश्चिम नवलपरासीमा चार सय सङ्क्रमितहरू रहेका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस