२०८२ मंसिर २४, बुधबार

हुप्सेकोट गाउँपालिका सामाजिक सुरक्षा कोषमा सूचिकृत

  • निष्कर्ष
  • २०८२ मंसिर १४, आईतबार
हुप्सेकोट गाउँपालिका सामाजिक सुरक्षा कोषमा सूचिकृत

हुप्सेकोट, १४ मंसिर,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका सामाजिक सुरक्षा कोषमा सूचिकृत भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय अन्तर्गत सामाजिक सुरक्षा कोषले जारी गरेको रोजगारदाता सूचिकरण प्रमाणपत्रसहित गाउँपालिका अब कोषमा नियमित योगदान कर्ता बनेको हो । सामाजिक सुरक्षा कोषमा सूचिकृत भएसँगै हुप्सेकोट गाउँपालिका (रोजगारदाता)बाट २० प्रतिशत र योगदानकर्ताबाट ११ प्रतिशत गरि जम्मा ३१ प्रतिशत योगदान कोषमा जम्मा गरिने भएको छ ।
गाउँपालिकाले शुरुवाती चरणमा गाउँपालिका तथा अन्तर्गतका कार्यालयहरूमा करार सेवामा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले बताउनु भयो । क्रमशः गाउँपालिकाभित्र रहेका निजी प्रतिष्ठान, फर्म तथा कम्पनीहरूलाई समेत योजनामा समावेश गर्ने तयारी गाउँपालिकाले गरेको उहाँको भनाइ छ ।
सामाजिक सुरक्षा योजनामा आबद्ध भएपछि कर्मचारीहरूले आकस्मिक दुर्घटना, उपचार सेवा, पेन्सन, मातृत्व, बेरोजगारी सुविधा लगायतका सामाजिक सुरक्षाका सेवाहरू प्राप्त गर्नेछन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस