२०८२ मंसिर २४, बुधबार

नवलपुरमा ‘स्वर्ण विन्दु खुवाइने कार्यक्रम’ नियमित रूपमा सञ्चालन हुँदै

  • निष्कर्ष
  • २०८२ मंसिर १५, सोमबार
नवलपुरमा ‘स्वर्ण विन्दु खुवाइने कार्यक्रम’ नियमित रूपमा सञ्चालन हुँदै

कावासोती,१५ मंसिर,
बालबालिकाको शारीरिक तथा मानसिक विकासमा थप प्रभावकारी मानिने ‘स्वर्ण विन्दु प्राशन कार्यक्रम’ अब नवलपरासी(ब.स.पू.)मा नियमित रूपमा सञ्चालन हुने भएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जिल्लामा लागू गरेको यो कार्यक्रम गण्डकी प्रदेश सरकारले आफ्नो कार्यक्रमको रूपमा प्रदेश आयुर्वेद चिकित्सालय, नवलपरासी (ब.सु(पू.) बाट सुरु गर्न लागेको हो। जसबाट हालसम्म २६ जिल्ला बाट यो कार्यक्रम सञ्चालन सञ्चालन मा रहेको छ। यस प्रदेश आयुर्वेद चिकित्सालयले यही मंसिर २२ गतेबाट औपचारिक रूपमा सेवा शुभारंभ गर्ने भएको छ ।

चिकित्सालयका सूचना अधिकारी गोकुल पराजुलीका अनुसार यस कार्यक्रमअन्तर्गत हरेक महिनाको पुष्य नक्षत्रका दिन बिहान ८ बजे देखि १ बजे सम्म बालबालिकालाई स्वर्ण विन्दु प्रदान गरिनेछ।

बालबालिकाको समुचित शारीरिक र मानसिक विकास, रोगसँग लड्ने क्षमता वृद्धि तथा समग्र स्वास्थ्य लाभका लागि यो कार्यक्रम उपयोगी हुने पराजुलीले जानकारी दिनु भयो । १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई अभिभावकसहित अरुणखोला स्थीत कार्यालयमा उपस्थित गराई यो सेवा लिन आग्रह गरिएको छ।

यसबाहेक प्रदेश आयुर्वेद चिकित्सालयले नियमित स्वास्थ्य परीक्षण, निशुल्क औषधि वितरण, उपचार सेवा, भिडियो एक्सरे, पञ्चकर्म, योग सेवा, जेष्ठ नागरिकका लागि विशेष सेवा सहितका अन्य कार्यक्रम पनि सञ्चालन गर्दै आएको जनाएको छ।

प्रदेश आयुर्वेद चिकित्सालय, नवलपरासी (ब.सु.पूर्व) ले अभिभावकहरुलाई समयमा नै बालबालिका ल्याई स्वास्थ्य लाभ लिन आग्रह गरेको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस