२०८२ माघ १०, शनिबार

मध्य तालिम शिक्षालयमा ५१ औँ ब्याच एनसीसी तालिम सम्पन्न, ५६३ क्याडेट दिक्षित

  • निष्कर्ष
  • २०८२ मंसिर १९, शुक्रबार
मध्य तालिम शिक्षालयमा ५१ औँ ब्याच एनसीसी तालिम सम्पन्न, ५६३ क्याडेट दिक्षित

विष्णु गौडेल,ध्यविन्दु (नवलपरासी), १९ मङ्सिर,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१ हात्तिखोरमा रहेको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा सञ्चालन गरिएको ५१ औँ ब्याच जुनियर डिभिजन एन.सी.सी. तालिम शुक्रबार औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
समापन समारोहमा मध्य पश्चिम पृतनाका पृतनापति उपरथी प्रेम बहादुर पुन ले तालिममा सहभागी क्याडेटहरूलाई दज्र्यानी चिन्ह (¥याङ्क) प्रदान गर्दै तालिमको औपचारिक समापन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पृतनापति उपरथी प्रेम बहादुर पुनले एनसीसी तालिम नेपालको युवापुस्तालाई अनुशासित, जिम्मेवार र राष्ट्रप्रेमी नागरिक बनाउन महत्वपूर्ण आधारस्तम्भ भएको बताउनु भयो ।
उहाँले क्याडेटहरूलाई प्राप्त गरेको तालिमलाई आफ्नो व्यक्तिगत जीवन, शैक्षिक यात्रा र समुदाय विकासमा उपयोग गर्न आग्रह गर्नु भयो ।
“एनसीसीले सिकाएको अनुशासन, समयपालन, नेतृत्व क्षमता र राष्ट्रप्रतिको भावना जीवनभर साथ दिने शिक्षा हो”,उहाँले भन्नु भयो ।
उपरथी पुनले एनसीसी तालिमको स्थापना इतिहास, यसको महत्व, राष्ट्रिय सुरक्षा चेतना अभिवृद्धिमा यसको योगदान तथा भविष्यमा विद्यार्थीले पाउन सक्ने अवसरहरूबारे चर्चा गर्नु भएको थियो ।


यस वर्षको जुनियर डिभिजन तालिममा १९ विद्यालयका २८१ छात्र र २८२ छात्रा गरी जम्मा पाँच सय ६३ विद्यार्थी सहभागी भएर दिक्षित भएको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी दिनेश चौलागाईले बताउनु भयो । तालिमको अवधिमा क्याडेटहरूले शारीरिक तन्दुरुस्ती, अनुशासन, नेतृत्व विकास, टोली समन्वय, सामाजिक उत्तरदायित्व र राष्ट्रिय सेवा सम्बन्धी विभिन्न अभ्यास तथा कक्षाहरू पूरा गरेका थिए ।

समापन समारोहमा शिक्षालयका प्रमुख, प्रशिक्षक, विद्यालयका प्रतिनिधि, स्थानीय सरोकारवाला, अभिभावक तथा क्याडेटहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
विद्यार्थीहरूले तालिम अवधिमा सिकेका विभिन्न गतिविधिको डेमो प्रदर्शन, ब्यान्ड मार्च, सांस्कृतिक प्रस्तुति तथा स्वागत–बधाई कार्यक्रमले समारोहलाई झनै आकर्षक बनाएको थियो ।
एनसीसी तालिमले युवाहरूमा राष्ट्रसेवा, विपद् व्यवस्थापन, सामाजिक नेतृत्व, टोलीमा काम गर्ने क्षमता तथा नागरिक सरोकारप्रतिको जिम्मेवारी विकास गर्ने उद्देश्य राखेको छ ।
मध्य तालिम शिक्षालयले प्रत्येक वर्ष विद्यालय तहका सयौँ विद्यार्थीलाई नियमित तालिम प्रदान गर्दै आएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस