२०८२ माघ १०, शनिबार

हुप्सेकोट गाउँपालिका–६ मा वडा स्तरीय अन्तरक्रिया सम्पन्न

  • निष्कर्ष
  • २०८२ मंसिर २०, शनिबार
हुप्सेकोट गाउँपालिका–६ मा वडा स्तरीय अन्तरक्रिया सम्पन्न
हुप्सेकोट,२० मंसिर,
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–६ मा वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वडा भित्र सञ्चालन भएका योजना तथा कार्यक्रमहरूको समीक्षा, स्थानीय जनताका सुझाव, माग तथा गुनासो सुन्ने उद्देश्यले गरिएको कार्यक्रममा सरोकारवाला तथा स्थानीयवासीको उत्साहपूर्ण सहभागिता रहेको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय जनतासँग प्रत्यक्ष अन्तरक्रिया गर्दै वडाको विकास, सेवा प्रवाह, योजना छनोट र कार्यान्वयनबारे विस्तृत रूपमा सुझाव सङ्कलन गर्नुभएको थियो । कार्यक्रममा स्थानीय सँग संवाद गर्दै अध्यक्ष पाण्डेले जनताको आवश्यकता र मागअनुसार योजना निर्माण तथा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा सहभागी स्थानीले सहज सडकको आवश्यकता, कृषि र पशु पालनमा गाउँपालिकाको सहयोग, विद्यालय सुधार योजना, युवाहरूलाई लागु पदार्थ  दुर्व्यसन विरुद्धको सचेतना लगायतको बारेमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पूर्ण सिङ राना, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुली, प्रवक्ता रेवती सारू, वडा नं.६ का अध्यक्ष छाम बहादुर सोमै मगर लगायत जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थिति रहेको थियो।
स्थानीय स्तरमा पारदर्शिता, जबाफदेहिता र जनसहभागिता अभिवृद्धि गर्ने उद्देश्यले गरिएको कार्यक्रमले सेवाग्राहीहरूको सुझावलाई संस्थागत योजना तथा आगामी कार्यदिशामा समेट्न सहयोग गर्ने उपाध्यक्ष पूर्ण सिङ रानाले बताउनु भयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस