२०८२ माघ १०, शनिबार

कावासोतीमा बाल संरक्षण तथा गलत छुवाइ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • निष्कर्ष
  • २०८२ मंसिर २०, शनिबार
कावासोतीमा बाल संरक्षण तथा गलत छुवाइ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

कावासोती,२० मंसिर,
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कावासोती नगरपालिकाको आयोजना तथा नगर बाल सञ्जाल कावासोती र जागृति बाल तथा युवा सरोकार नेपालसँगको समन्वयमा नगर बाल सञ्जाल तथा वडा स्तरीय बाल समूह/सञ्जालमा आवद्ध बालबालिकाहरूका लागि बाल संरक्षण तथा असर र गलत छुवाइ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बालबालिकामाथि हुन सक्ने हिंसा, दुव्र्यवहार र गलत छुवाइबारे सचेतना बढाउने उद्देश्यले आयोजित कार्यक्रममा प्रशिक्षक रेजिना घर्ती मगरले छोएर–नछोएर गरिने यौन दुव्र्यवहारका रूप, छुवाइका प्रकार, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा हुन सक्ने संभावित हिंसा तथा दुव्र्यवहारका विषयमा अभ्याससहित सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै, जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बाल अधिकार, बाल संरक्षण र बाल सशक्तीकरण किन आवश्यक छ भन्ने विषयमा विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा कावासोती नगरपालिका सहायक महिला विकास निरीक्षक रिता रिजाल तथा अधिकृत शुभद्रा शर्माले नगरपालिकाले बालबालिकाको क्षेत्रमा सञ्चालन गर्दै आएको कार्यक्रम, गतिविधि र संरक्षण उपायहरूको बारेमा जानकारी गराउनुका साथै बाल संरक्षण विषयमा सहजीकरण गर्नुभएको थियो ।

कावासोती नगरपालिकाका १७ वटै वडा प्रतिनिधित्व गर्ने बालबालिकाको उत्साहजनक सहभागितामा सम्पन्न भएको यस अभिमुखिकरण कार्यक्रमले बालमैत्री समाज निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस