२०८२ माघ १०, शनिबार

नयाँ रंग र शैलीसहित Royal Enfield Hunter 350 नेपाली बजारमा सार्वजनिक

  • निष्कर्ष
  • २०८२ मंसिर २४, बुधबार
नयाँ रंग र शैलीसहित Royal Enfield Hunter 350 नेपाली बजारमा सार्वजनिक

कावासाेती,२४ मंसिर, Royal Enfield ले आफ्नो लोकप्रिय मोडेल Hunter 350 लाई नयाँ रंग, सुधारिएको फिचर र आकर्षक शैलीसहित नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीले आज नेपालभर एकैसाथ यो मोडेलको बिक्री सुरु गरेको हो।

नयाँ डिजाइन र आधुनिक टचसहित बजारमा प्रस्तुत गरिएको Hunter 350 युवापुस्तादेखि बाइकप्रेमीसम्म सबैको रोजाइमा पर्ने अपेक्षा गरिएको छ। दमदार प्रदर्शन, स्मार्ट ह्यान्डलिङ र शहरी सडकका लागि उपयुक्त कम्प्याक्ट संरचनाका कारण Hunter 350 पछिल्लो समय चर्चामा रहेको मोडेल हो।

नेपालमा बिक्री सुरु भएको दिनमै कावासोतीस्थित Royal Enfield शोरुममा पनि विशेष कार्यक्रममार्फत यो मोडेलको बिक्री शुभारम्भ गरिएको शोरुमले जानकारी दिएको छ। नयाँ रङका विकल्प, सुविधा र डिजाइन अपडेटसहित बजारमा आएकोले ग्राहकलाई फरक अनुभव दिने विश्वास शोरुमले व्यक्त गरेको छ।

Royal Enfield नेपालले नयाँ Hunter 350 का लागि टेस्ट राइड तथा बुकिङ खुला गरेको छ। कम्पनीका अनुसार नयाँ मोडेलले शहरी र दैनिक यात्रालाई अझ आरामदायी र आकर्षक बनाउनेछ।

नेपालभरका Royal Enfield शोरुमहरूमा Hunter 350 को नयाँ मोडेल उपलब्ध भएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस