फेसबुकमा पछ्याउनुहोस्
हुप्सेकोट, १ पुस,
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका निजी क्षेत्रका सबै व्यवसाय, संस्था तथा प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा सूचीकृत हुन अनुरोध गरेको छ ।
श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, श्रम नियमावली २०७५ तथा योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली २०७५ बमोजिम निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय, सहकारी संस्था लिमिटेड, व्यापारिक तथा औद्योगिक प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी तथा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनु सम्बन्धित संस्थाको कानुनी दायित्व रहेको गाउँपालिकाले स्मरण गराउँदै सूचिकृत हुन अनुरोध गरिएको हो।
गाउँपालिका क्षेत्रभित्र सञ्चालित सबै प्रकारका व्यवसाय, संस्था तथा प्रतिष्ठानले आफ्नो संस्थामा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी तथा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा सूचीकृत गरी आबद्ध गराइसकेको विवरण यस कार्यालयमा पेस गर्न सूचना मार्फत आग्रह गरिएको छ।
यस अघि हुप्सेकोट गाउँपालिकाले गाउँपालिका अन्तरगत कार्यरत करारका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा अबद्ध गराइ सकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताउनु भयो ।