२०८२ फागुन २, शनिबार

प्रथम मातृभुमि कपकाे उद्घाटन खेलमा हुप्सेकोट युवा क्लब विजयी

  • निष्कर्ष
  • २०८२ पौष ११, शुक्रबार
प्रथम मातृभुमि कपकाे उद्घाटन खेलमा हुप्सेकोट युवा क्लब विजयी

नवलपुर । कावासोती–६, पूर्वटोलमा शुक्रबारदेखि सुरु भएको प्रथम मातृभूमि कप २०८२ खुला जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हुप्सेकोट युवा क्लब विजयी भएको छ।

उद्घाटन खेलमा हुप्सेकोट युवा क्लबले आयोजक मातृभूमि युवा क्लब ‘बी’ लाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। खेलमा हुप्सेकोट युवा क्लबका रोहित मगर उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ दि म्याच घोषित भए।

प्रतियोगिताको उद्घाटन समारोह मातृभूमि युवा क्लबका अध्यक्ष माधव गौडेलको अध्यक्षता तथा प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि शर्माले खेलकुदले युवामा अनुशासन, स्वास्थ्य र प्रतिस्पर्धात्मक भावना विकास गर्ने बताउँदै यस्ता प्रतियोगिताले स्थानीय खेल प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन सहयोग गर्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा वडा अध्यक्ष याम बहादुर थापा, पूर्व वडा अध्यक्ष हेमु पाण्डे र जिल्ला फुटबल संघ नवलपुरका कावा अध्यक्ष मेघराज पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

जिल्ला स्तरीय नकआउट प्रतियोगितामा नवलपुरका विभिन्न क्लबहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिता मातृभूमि युवा क्लबको प्राङ्गणमा सञ्चालन भइरहेको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस