फेसबुकमा पछ्याउनुहोस्
मध्यविन्दु (नवलपरासी), १४ पुस
नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका १४ थारु डण्डामा मोटरसाइकलको ठक्कर वाट वालिकाको मृत्यु भएको छ । आइतबार साँझ भित्री सडक खण्डमा डण्डाबाट ढोकी तर्फ जाँदै गरेको प्र.नं.३–०३–००१ प ४५०३ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय ७ वर्षकी शोभा महतोलाई ठक्कर दिई गम्भीर घाइते बनाएको थियो ।
उपचारका लागि वालिकालाई नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनु भयो । सवारी चालक र मोटरसाइकल प्रहरी को नियन्त्रणमा रहेका छन् ।