२०८२ फागुन २, शनिबार

तीन दिन देखि अवरुद्ध दाउन्ने खण्ड अझै सहज हुन सकेन

  • निष्कर्ष
  • २०८२ पौष १६, बुधबार
तीन दिन देखि अवरुद्ध दाउन्ने खण्ड अझै सहज हुन सकेन

विष्णु गौडेल,मध्यविन्दु(नवलपरासी), १६ पुस,(रासस)
गत सोमबार देखि अवरुद्ध रहेको नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने क्षेत्र अझै सुचारु हुन सकेको छैन् । सित लहरले दाउन्ने सडक चिप्लो हुँदा सवारी सञ्चालन हुन नसकेर अवरुद्ध भएको सडक अझ सहज हनु नसकेको हो ।
दाउन्ने स्थित खुर्सानी खोला आसपासको सडकमा सवारी साधन चिप्लिने र उकालो चढ्न नसक्ने समस्या देखिएपछि सोमबार बिहान देखि यस खण्ड अस्तव्यस्त वनेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनु भयो ।
“अहिलेको समस्या दाउन्नेको पश्चिम खण्डमा सित लहरका कारण सडक चिप्लो र हिलो हुँदा सवारी साधन उकालो चढ्न र ओरालो झर्न नसकेर सडक अवरुद्ध भएको हो”, उहाँले भन्नु भयो,“बिस्तारै सवारी पास गराउने काम त भइरहेको छ तर तीन दिन देखि रोकिएका सवारी व्यवस्थापन गर्न कठिन भइरहेको छ ।”
दाउन्नेमा बाक्लो हुस्सु र चिप्लो सडकका कारण सवारी सञ्चालनमा अत्यधिक कठिनाइ भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशीले बताउनु भयो ।
“अहिले पनि दुम्कीवास बजार देखि नै सवारीको जाम कायम रहेको छ”,उहाँले भन्नु भयो,“सडक निर्माणका कारण एक तर्फी रहेको राजमार्गमा लामो समय सवारी जाम हुँदा सुचारु गराउन निकै समस्या भएको छ ।”


नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालले निर्माणाधीन क्षेत्रमा सित लहरको प्रभाव कायम रहेकाले पश्चिम खण्डमा अझ धेरै सवारी चाप रहेको बताउनु भयो ।
“हाल खुर्सानी खोला क्षेत्रमा ग्राभेल हाल्ने काम भइरहेको र अवस्था सहज नहुँदासम्म मालवाहक सवारीलाई बर्दघाट र भुताहा क्षेत्रमा रोकेर राखिएको छ”,उहाँले भन्नु भयो ।
तीन दिन देखि जारी सवारी जामका कारण सयौँ यात्रुहरू अलपत्र परेको छन् । नारायणगढ–बुटवल सडक योजना (पश्चिम खण्ड)ले सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । दाउन्ने खण्डमा एकातिर सडक निर्माण र मर्मतको काम, अर्कोतिर शीत लहरले सडक हिलाम्य बनेपछि सवारी सञ्चालनमा गम्भीर समस्या देखिएको आयोजनाको भनाइ छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस