२०८२ फागुन २, शनिबार

बुलिङटारमा निःशुल्क स्त्रीरोग स्वास्थ्य शिविर सम्पन्न

  • निष्कर्ष
  • २०८२ पौष २६, शनिबार
बुलिङटारमा निःशुल्क स्त्रीरोग स्वास्थ्य शिविर सम्पन्न

बुलिङटार,
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटार गाउँपालिका र मध्यविन्दु प्रादेशिक अस्पतालको साझेदारीमा बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ।
कार्यक्रममा महिलाहरूको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्त्रीरोग विशेषज्ञमार्फत स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिएको थियो।


शिविरबाट ३५ जना महिलाहरूले स्वास्थ्य परीक्षण गराई औषधि तथा उपचार सेवा लिएको बुलिङटार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार यस्ता शिविरहरूले ग्रामीण क्षेत्रका महिलाहरूलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको छ।
शिविरको अध्यक्षता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर थापाले गर्नुभएको थियो।
कार्यक्रममा सहभागी महिलाहरूले निःशुल्क रूपमा विशेषज्ञ सेवा पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न आग्रह गरेका थिए।
गाउँपालिकाले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता जनस्वास्थ्य केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस