२०८२ फागुन २, शनिबार

एनसीसी तेस्रो चरणको क्याम्प सम्पन्न, दुई हजार २२० क्याडेट दीक्षित

  • निष्कर्ष
  • २०८२ पौष ३०, बुधबार
एनसीसी तेस्रो चरणको क्याम्प सम्पन्न, दुई हजार २२० क्याडेट दीक्षित

विष्णु गौडेल, मध्यविन्दु (नवलपरासी), ३० पुस
नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दल मार्फत तेस्रो चरणको सामूहिक क्याम्पमा दुई हजार २२० जना छात्र छात्रा दीक्षित भएका छन् । राष्ट्रिय सेवा दल मार्फत सञ्चालित ५१ औँ ब्याचको तेस्रो चरणको जुनियर डिभिजन एन.सी.सी तालिम मार्फत बुधवार चार शिक्षालय वाट सो सङ्ख्यामा क्याडेट विद्यार्थी दीक्षित भएका हुन् ।
चालु आर्थिक वर्ष २०८२८३ मा कुल सात हजार ७१० जना छात्र छात्रा सहभागी भएका मध्य आज दुई हजार २२० जना दीक्षित गरिएको नेपाली सेनाका उपरथी हिम्मत बहादुर विष्टले बताउनु भयो ।


चार वटा शिक्षालयमा ७७ जिल्लाका छात्र छात्रा सहभागी हुने एन.सी.सी तालिममा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका १ हात्तिखोरमा रहेको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा ५६५ जना छात्र छात्रा दीक्षित भएका छन् ।
“राष्ट्रिय सेवा दल मार्फत हाल सम्म ७७ जिल्लाका ८६ हजार ६८४ जना छात्र छात्रा दीक्षित भएका छन”,उहाँले भन्नु भयो,“प्रत्येक वर्ष चार वटा शिक्षालय मार्फत सय दिनको संस्थागत तालिम प्रदान गरी छात्र छात्रा दीक्षित गर्ने गरेका छौ ।”
समापन समारोहमा नेपाली सेनाको मध्य पश्चिम पृतनाका पृतनापति उपरथी हिम्मत वहादुर विष्टले तालिममा सहभागी क्याडेटहरूलाई दज्र्यानी चिन्ह (¥याङ्क) प्रदान गर्दै तालिमको औपचारिक समापन गर्नुभएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै उपरथी विष्टले एनसीसी तालिम नेपालको युवापुस्तालाई अनुशासित, जिम्मेवार र राष्ट्र प्रेमी नागरिक बनाउन महत्त्वपूर्ण आधार स्तम्भ भएको बताउनु भयो । उहाँले क्याडेटहरूलाई प्राप्त गरेको तालिमलाई आफ्नो व्यक्तिगत जीवन, शैक्षिक यात्रा र समुदाय विकासमा उपयोग गर्न आग्रह गर्नु भयो ।
“एनसीसीले सिकाएको अनुशासन, समय पालन, नेतृत्व क्षमता र राष्ट्रप्रतिको भावना जीवनभर साथ दिने शिक्षा हो”,उहाँले भन्नु भयो ।
उपरथी विष्टले एनसीसी तालिमको स्थापना इतिहास, यसको महत्त्व, राष्ट्रिय सुरक्षा चेतना अभिवृद्धिमा यसको योगदान तथा भविष्यमा विद्यार्थीले पाउन सक्ने अवसरहरूबारे चर्चा गर्नु भएको थियो ।


यस वर्षको जुनियर डिभिजन तालिम अन्तर्गत मध्य पश्चिम शिक्षालय वाट दोस्रो चरणमा १९ विद्यालयका २८२ छात्र र २८३ छात्रा गरी जम्मा पाँच सय ६५ विद्यार्थी सहभागी भएर दीक्षित भएको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी दिनेश चौलागाईले बताउनु भयो । तालिमको अवधिमा क्याडेटहरूले शारीरिक तन्दुरुस्ती, अनुशासन, नेतृत्व विकास, टोली समन्वय, सामाजिक उत्तरदायित्व र राष्ट्रिय सेवा सम्बन्धी विभिन्न अभ्यास तथा कक्षाहरू पूरा गरेका थिए ।
विद्यार्थीहरूले तालिम अवधिमा सिकेका विभिन्न गतिविधिको डेमो प्रदर्शन, ब्यान्ड मार्च, सांस्कृतिक प्रस्तुति तथा स्वागत–बधाई कार्यक्रमले समारोहलाई झनै आकर्षक बनाएको थियो ।
एनसीसी तालिमले युवाहरूमा राष्ट्र सेवा, विपद् व्यवस्थापन, सामाजिक नेतृत्व, टोलीमा काम गर्ने क्षमता तथा नागरिक सरोकारप्रतिको जिम्मेवारी विकास गर्ने उद्देश्य राखेको छ ।
मध्य तालिम शिक्षालयले प्रत्येक वर्ष विद्यालय तहका सयौँ विद्यार्थीलाई नियमित तालिम प्रदान गर्दै आएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस