मध्यविन्दु(नवलपरासी), २ माघ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका ११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रवार साँझ धारा पानीबाट दलदले तर्फ आउँदै गरेको ग १ ज ५९३० नं.को पिक अप भेन र विपरीत दिशा तर्फ जाँदै गरेको ग.प्र.०४–००१ प ९१०६ नं.को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए ।
घाइते मध्य स्कुटर चालक रुकुम जिल्लाको मुसिकोट नगरपालिका ८ घर भई हाल देवचुली नगरपालिका ९ मामा घर बस्दै आएका २६ वर्षीय चेतन बहादुर खडकाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनु भयो ।
दुर्घटनामा घाइते भएका स्कुटर पछाडि सवारी देवचुली नगरपालिका ८ बस्ने वर्ष २१ का नारायण परियारको उपचार भइरहेको जनाइएको छ । ठक्कर दिने पिक अप भेन र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनु भयो ।