२०८२ बैशाख ३०, मंगलबार

क्यान्सर पीडित टिकाराम काफ्लेको उपचारका लागि सहयोग रकम जुटाउने अभियान सुरु 

  • बिष्णु गौडेल
  • २०८२ बैशाख ३०, मंगलबार
क्यान्सर पीडित टिकाराम काफ्लेको उपचारका लागि सहयोग रकम जुटाउने अभियान सुरु 
कावासोती , नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका १५ गोडारमा रहेको शिव शक्ति नवदुर्गा आत्मिक प्रतिष्ठान, का पुजारी टिकाराम काफ्लेको उपचारका लागि सहयोग रकम उठाउने अभियान सुरु गरिएको छ । काफ्लेलाई घाटीको क्यान्सर भएको पुष्टि भएपछि उहाँको उपचारका लागि शिव शक्ति नवदुर्गा आत्मिक प्रतिष्ठानले पच्चिस हजार नगद सहयोग हस्तान्तरण गरेको छ।
उक्त सहयोग रकम पूर्व समितिका पदाधिकारीहरू, वर्तमान समितिका सचिव, कोषाध्यक्ष तथा सदस्यहरूको सक्रियतामा सङ्कलन गरी पुजारी काफ्लेलाई प्रदान गरिएको संस्थाका अध्यक्ष बोधराज गैरेले जानकारी दिनुभयो ।
संस्थाका तर्फबाट पुजारी काफ्लेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी उपचारमा थप सहयोग जुटाउने कार्य समेत निरन्तर चलिरहेको जनाइएको छ।
यसै सन्दर्भमा, पुजारी टिकाराम काफ्लेको उपचारका लागि सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सक्नु हुने छ ।
१। बोधराज गैह्रे – ९८५७०४१७९३
२। विमल गैह्रे – ९८४४७४९३३२
३। गणेश श्रेष्ठ – ९८४७००६७५२
४। डासीराम बस्याल – ९८५७०२८०००
५। शिव प्रसाद काफ्ले – ९८४७१४३०३७
६। पुष्पराज बराल – ९८४७०९४२६६
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस