२०८२ बैशाख २९, सोमबार

चोरमारा पुल भाँचियो, राजमार्ग अवरुद्ध

  • बिष्णु गौडेल
  • २०८२ बैशाख २९, सोमबार
चोरमारा पुल भाँचियो, राजमार्ग अवरुद्ध

मध्यविन्दु (नवलपरासी), २९ वैशाख
पूर्व–पश्चिम राजमार्ग अन्तरगत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को चोरमारा पुल भाँचिएको छ । मध्यविन्दु नगरपालिका–७ चोरमारामा रहेको गिरुवारी खोलाको पुल सोमबार साँझ ८ः३० बजे तिर भाँचिदा अहिले पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।
चोरमारा बजार तर्फको पुल छेउमा बस बिग्रिएर सवारीको जाम लागेको वेला पुल माथि धेरै गाडीको भार परेको अवस्थामा पुल बिच वाट चर्किएर केही भासिएको जानकारी आएको नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनु भयो ।
“पुल केही भासिएको जस्तो देखिएकाले यातायात आवागमन रोकिएको छ”,उहाँले भन्नु भयो,“सडक विभागलाई खबर गरेका छौ,त्यहाँ बाट प्राविधिक न आउँदा सम्म सडक सञ्चालन गर्न सकिने अवस्था छैन ।”
पुल बिचमा अड्किएको मालवाहक ट्रक निकालिएको छ । पूर्व पश्चिम यात्रा पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यस अघि गत पुस २६ गते पूर्व पश्चिम राजमार्ग अन्तरगतकै विनयी पुल भाँचिदा केही दिन यातायात अवरुद्ध भएको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस