कावासोती(नवलपरासी), २७ वैशाख
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका १ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ । कावासोती नगरपालिका १ लोकाहा नजिकै भित्री सडक खण्डमा मुण्डे बाट लोकाहा तर्फ आउँदै गरेको लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कावासोती नगरपालिका ११ शान्ति टोल बस्ने वर्ष २४ का ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनु भयो । मृतक दुवै जना एकै घरका दाजुभाइ रहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनु भयो ।
मोटरासईकल दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई प्रहरीले उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगेकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।