कावासोती – नेपाली लोकदोहोरी सङ्गीतमा नयाँ आयाम थप्ने उद्देश्यले तयार पारिएको “तिम्रो मनमा कुन छ ?” बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ। मनोहर शर्मा र सुनिता बुढा क्षेत्रीको स्वरले सजिएको यो गीत हालै कस्तुप पन्त नामको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
गीतमा शव्द तथा सङ्गीत सर्जकको भूमिकामा स्वयं मनोहर शर्मा रहेका छन्। प्रेम, अपेक्षा र मनोवैज्ञानिक भावनात्मक द्वन्द्वलाई समेटेर तयार पारिएको गीतले श्रोताको मन छुने विश्वास गरिएको छ। गीतमा लोकसङ्गीतको मौलिक स्वादलाई आधुनिक रचना शैलीमा प्रस्तुत गरिएको छ, जसले युवा पुस्तालाई पनि आकर्षित गर्ने सम्भावना देखिन्छ।
सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जालमा राम्रो चर्चा बटुलिरहेको छ। श्रोताहरूले गीतको भाव, गायन शैली र लयबद्धतालाई सराहना गरेका छन्। भिडियो निर्देशन, छायांकन तथा सम्पादन पक्ष पनि सशक्त देखिएको छ, जसले गीतलाई अझ प्रभावशाली बनाएको छ।
गीतको भिडियो हेर्न र सुन्न दर्शक/श्रोता कस्तुप पन्त युट्युब च्यानलमा जान सक्नेछन्।