|sf7df8f}F ! h]7 M k|wfgdGqL s]kL zdf{ cf]nL,dGqLu9,;'/Iff lgsfosf k|d'v, lj1 / lghL k|ltlglw nfuot afn'jf6f/df] sf]le8 !( sf] ;+qmd0f /f]syfd tyf jt{dfg cj:yf af/] a;]sf] a}7s . tl:a/ M /f]zg ;fksf]6f÷/f;;
काठमाडाैं – प्रधानमन्त्री केपी ओलीले कोभिड-१९ महामारीका कारण उत्पन्न संकट समाधानका सर्वपक्षीय छलफल गरेका छन् ।
उनले बालुवाटारमा मन्त्री, उच्च सरकारी अधिकारी, विज्ञ, अस्पताल सञ्चालक, अक्सिजन उद्योगका साथै अन्य निजी क्षेत्रका प्रतिनिधिसँग सर्वपक्षीय छलफल गरेका हुन् । बैठकमा कोरोनाको संक्रमण रोकथाम तथा वर्तमान अवस्थाबारे छलफल हुने बताइएको छ ।
अहिले देशभर कोरोना संक्रमित तीव रूपमा बढ्द जाँदा अस्पतालमा बेड अभाव भइरहेको छ । साथै कोरोनाका बिरामीको उपचारका लागि अत्यावश्यक रहेको अक्सिजनको अभाव हुँदा संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ ।
यसबीच प्रधानमन्त्री ओलीले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न पक्षसँग सुझाव लिन छलफल थालेका हुन् । छलफलबाट प्राप्त सुझावका आधारमा सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी रणनीति बनाउने बताइएको छ ।