२०८२ बैशाख २६, शुक्रबार

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

  • बिष्णु गौडेल
  • २०८२ बैशाख ७, आईतबार
संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै विनयी त्रिवेणी गाउँपालिकामा कार्यरत स्थानीय सेवाका कर्मचारीहरुले गाउँपालिका अध्यक्ष मार्फत राज्य व्यवस्था तथा सुशासन समितिलाई ध्यानाकर्षण गराएका छन् ।
गाउँपालिका अध्यक्ष घनश्याम गिरी मार्फत बुझाईएको ध्यानाकर्षण पत्रमा स्थानीय सेवामा कार्यरत कर्मचारीहरुलाई तेस्रो तहका नागरिकको दर्जा जसरी व्यवहार गरिएको भन्दै तत्काल ऐन मार्फत आफ्ना मागहरु सम्बोधन गर्न समितिको ध्यानाकर्षण गराइएको छ । संघीय संरचनामा तीन तहका सरकारहरूबीच समन्वय र सेवा प्रवाहलाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन आवश्यक रहेको उल्लेख गरिएको छ । हालको अवस्थाले स्थानीय तहका कर्मचारीहरूको मनोबलमा असर परेको भन्दै शीघ्र संघीय सेवा ऐन ल्याउन जोड दिइएको छ ।
पटक पटक ध्यानाकर्षण गराउदा समेत राज्य व्यवस्था तथा सुशासन समितिको उदासिनताका कारण सरकारले २०८० असोज २७ मा गरेको सम्झौता र स्थानीय तहका कर्मचारीका विषयमा दर्ता भएको संशोधन प्रस्तावमा भएका कुराहरुलाई संघीय निजामती सेवा ऐनमा समावेश गराइ छिटो भन्दा छिटो संघीय निजामती सेवा ऐन जारी गर्न दवाव स्वरुप चरणबद्ध आन्दोलनका कार्यक्रम घोषण गर्न बाध्य भएको ध्यानकर्षण पत्रमा उल्लेख छ ।


ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिका अध्यक्ष गिरीले जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय तहमा कार्यरत कर्मचारीहरु कानुन कै अभावमा आफ्नो अधिकारको उपभोगबाट बञ्चीत हुनु परेको महसुस गर्ने अवस्था सृजना हुनु गम्भीर विषय भएको बताउनुभयो । उहाँले प्राप्त ध्यानाकर्षण पत्र समितिमा सम्प्रेषण गर्ने सहित आफ्नो तर्फबाट समेत ऐन जारी गर्न ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभयो ।
ध्यानाकर्षणपत्रमा गाउँपालिकामा कार्यरत कर्मचारीहरुले हस्ताक्षर गरेका छन् । ध्यानाकर्षण पत्रको बोधार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री, र मुख्य सचिवलाई समेत पठाइएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस