फेसबुकमा पछ्याउनुहोस्
मध्यविन्दु (नवलपरासी), २१ वैशाख,
पूर्व पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । गए राती देखिकाे वर्षाले दाउन्नेमा बाटो हिलो र चिप्लो भएका कारण सवारी साधनहरू आवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाको कारणले सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनु भयो ।
सडक अवरुद्ध हुँदा अहिले सयौँ सवारी साधन र यात्रुहरू बिच सडकमा अलपत्र परेका छन् ।
अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको अवस्थामा वर्षाले सडक अवरुद्ध बनाएको हो । दाउन्ने क्षेत्रमा आगामी वैशाख ३१ गते सम्म राति ११ बजे देखि बिहान ५ बजे सम्म आवागमन रोकेर विस्तारको काम भईरहेकाे छ ।